४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाढीपहिरोले धनजनको ठूलो क्षति हुँदा पनि प्रतिपक्ष सत्ता फेर्ने खेलमा लाग्यो : प्रधानमन्त्री

२८ असार २०८१, शुक्रबार ०६:३५

असार २८, काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश ठूलो बाढी र पहिरोको वितण्डबाट पीडित भइरहेका बेला नेपाली राजनीति विश्वास मत लिने वा नलिने र सरकार परिवर्तनको खेलमा अल्मलिएको बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिवक्षले राजीनामा मागेपनि आफूले विपद् न्यूनीकरणको लागि पहल गरिरहेको बताए ।

उनले भने, ‘हामीले विपद्को पूर्वतयारीको हुनसक्ने पलह गरिएको थियो । यत्रो बाढीपहिरोले धनजनको ठूलो क्षति भइरहेको बेलामा हामी सरकार परिवर्तन प्रक्रियाभित्र प्रवेश गर्‍यौं । प्रतिपक्षका साथीहरूले साथीहरूले राजीनामाको कुरा उठाइराख्नुभयो । यस्तो बेलामा पनि सेना, प्रहरी, गृहप्रशासन सबैलाई राखेर क्षतिको रोकथाम गर्नेबारे पहल गरेको छु ।’

उनले आज बिहान पनि विश्वासको मत माग्ने कि नमाग्ने दोधार भएको बताए ।

‘एक मनले त आज बिहान मैले विश्वासको मत माग्नु उचित हुन्छ होला कि हुन्न होला भनेर सोचेँ । तर मलाई लाग्छ, दुई ठूला दल सहमत भएर छिटोभन्दा छिटो सरकार बनाउन उद्यत भएको अवस्था छ । हिजो प्रमुख सचेतकमार्फत २ घन्टा सारौं भन्दा पनि नहुने देखेको र केही दिन सारौं भन्दा अर्को अर्थ लाग्ला भनेर सभामुखसँग आग्रह गरिनँ । तर यो सम्मानित सदनमा मेरो मनस्थिति के थियो भन्ने जानकारी गराउन चाहेँ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण