2026-06-25 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कीर्तिमानी पाकिस्तानी क्रिकेटर बिली इबादुल्लाको निधन

असार ३०, काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीको पूर्वखेलाडी बिली इबादुल्लाको निधन भएको छ । ८८ वर्षको उमेरमा उनको निधन भएको समाचारमा जनाइएको छ । बिली इबादुल्लाको शुक्रबार निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

बिली इबादुल्ला आफ्नो समयका प्रभावशाली अलराउन्डर थिए । उनले सन् १९६४ देखि सन् १९६७ सम्म पाकिस्तानका लागि चारवटा टेस्ट खेलेका थिए । उनले टेस्ट क्रिकेटको आफ्नो पहिलो खेलमै शतक प्रहार गर्ने पहिलो पाकिस्तानी खेलाडी हुन् ।


उनले सन् १९६४ मा कराँचीमा खेलिएको अस्ट्रेलियाविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यो खेलको पहिलो पालीमा उनले एक सय ६६ रन बनाएका थिए । त्यसअघि कुनै पनि पाकिस्तानी ब्याट्सम्यानले आफ्नो ‘डेब्यू’ टेस्टमा शतक प्रहार गर्न सकेको थिएन ।

त्यो खेलमा उनले आफ्नो समयका अर्का प्रभावशाली खेलाडी अब्दुल कादिरसँग ओपनिङ विकेटका लागि दुई सय ४९ रनको साझेदारी गरेका थिए । अब्दुल कादिरको पनि त्यो ‘डेब्यू’ टेस्ट थियो । टेस्ट क्रिकेटको इतिहासमा ‘डेब्यू’ गर्ने दुई खेलाडीले गरेको हालसम्मकै यो सबैभन्दा ठुलो साझेदारी हो ।

हालसम्म टेस्ट क्रिकेटमा ‘डेब्यू’ गर्ने दुई खेलाडीले कुनै पनि विकेटका लागि योभन्दा ठुलो साझेदारी गर्न सकेका छैनन् । उनले टेस्ट क्रिकेटमा एक विकेट पनि लिएका थिए । प्रथम श्रेणीको क्रिकेटमा भने उनले चार सय १७ खेल खेल्दै कुल १७ हजार ७८ रन बनाएका थिए ।‘बिली इबादुल्ला विशेष क्रिकेटर हुन् । थोरै खेल खेलेर पनि उनले आफूलाई कीर्तिमानी खेलाडीको सूचिमा दर्ता गराएका छन् । उनको निधनले विश्व क्रिकेटलाई नै अपुरणीय क्षति पु¥याएको छ,’ वार्विकसियरका अध्यक्ष डेनिस एमिसले भनेका छन् ।

बिली इबादुल्ला र डेनिस एमिसले वार्विकसियरबाट सँगै क्रिकेट खेलेका थिए । ‘उनी निकै चकचके खेलाडी पनि थिए । उनको रमाइलो स्वभावका कारण पनि उनी धेरैको स्मरण सधैं जिवित रहने छन्,’ डेनिस एमिसले भनेका छन् ।बिली इबादुल्ला पछि पाकिस्तानबाट न्युजिल्यान्ड बसाइ सरेका थिए । उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि पहिलो श्रेणीको टी–२० क्रिकेटमा अम्पायरको भूमिका पनि निर्वाह गरेका थिए । उनले न्युजिल्यान्डमा क्रिकेटको प्रशिक्षण केन्द्र पनि सञ्चालन गरेका थिए ।

उनका छोरा कासिम इबादुल्ला पनि क्रिकेट खेलाडी हुन् । कासिमले ३१ वटा प्रमथ श्रेणीको क्रिकेट खेलिसकेका छन् । उनले १९ वटा ‘लिस्ट ए’ क्रिकेट पनि खेलेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक