2026-07-07 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इतर पक्षलाई तीन मन्त्रालय दिने देउवाको तयारी, शेखर-गगनले छाडेनन् अडान

असार ३०, काठमाडौँ । नेपाली कांग्रेसमा इतर पक्षले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने अडान राखेपनि सभापति शेरबहादुर देउवाले तीन मन्त्रालयभन्दा थप नदिने रणनीतिका साथ अघि बढेका छन् ।

इतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको आज बसेको बैठकले परम्परागतरूपमा पार्टीभित्र चल्दै आइरहेको ६०/४० को हिस्सा पाउनुपर्ने माग अघि सारेको थियो।


बैठकपछि नेता अर्जुननरसिंह केसीले चार मन्त्रालयको अडान नछाड्ने अडान राखेको बताएका थिए । तर, साना दल पनि सरकारमा सहभागी हुने भएपछि कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा ९ मन्त्रालय मात्रै पाउने भएको छ ।

देउवा निकट एक नेताका अनुसार सभापति देउवाले इतर पक्षलाई तीन मन्त्रालय मात्रै दिने तयारी गरेको बताए ।

ती नेताले भने, ‘उहाँहरूले चार मन्त्रालयको मागसहित नाम पनि सिफारिस गरिसक्नुभएको छ । संस्थापन पक्षबाट चार जनाको नाम निश्चित भइसकेको छ । त्यसैले तीन मन्त्रालय भन्दा दिन नदिने मूडमा उहाँ देखिनुभएको छ ।’

कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने तयारी छ । सिंहले उपप्रधानसहित रक्षा मन्त्रालय पाउने सम्भावना छ । गृहमन्त्रीमा रमेश लेखक र देउवापत्नी आरजु देउवाको परराष्ट्र मन्त्रालयमा चर्चा छ । यस्तै, अजय चौरासिया पनि कांग्रेसबाट मन्त्री बन्ने निश्चित भइसकेको छ ।

पार्टीले सरकारमा पठाउने मन्त्रीको विषयमा सभापतिले नेताहरूसँग छलफल गरिरहेको सांसद रामहरि खतिवडाले बताए । देउवाले पार्टीभित्र एकमत बनाएर नाम सिफारिस गर्ने उनको भनाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरिसकेका छन् । उनको शपथ भोलि बिहान ११ बजे हुँदैछ । सम्भव भएसम्म भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी मन्त्रालय र मन्त्री टुंग्याउन कांग्रेस एमाले गृहकार्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने