२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोपा अमेरिकाको फाइनल खेलमा मेसी दोस्रो हाफमा मैदानबाट बाहिरिए

३१ असार २०८१, सोमबार ०३:१६

असार ३१, काठमाडौं | कोपा अमेरिको फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी खेलको ६५ मिनेटमा मैदानबाट बाहिरिएका छन्। पहिलो हाफमा घाइते भए पनि मैदानमै रहेका मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका हुन्।

कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्। खेलको ६५ मिनेटसम्म खेल गोलरहित बराबरीमा जारी छ।

अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिका फाइनल खेल निर्धारित समयमा शुरु हुन सकेको थिएन । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुनुपर्ने खेल नेपाली समय अनुसार ७ बजेदेखि शुरु गरेको छ |   स्टेडियममा फ्यानहरुको भिड र टिकट नलिएका फ्यानहरु जबर्जस्ती घुस्न खोजेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । आयोजकहरुले टिकट नभएका फ्यानहरुलाई पनि स्टेडियममा जान दिने भने पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि खेल एक घण्टा १५ मिनेट ढिलो भएको थियो |

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। पहिलो पटक फाइनल खेलेको कोलम्बिया उपाधि हात पार्ने लक्ष्यका साथ मैदानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै