2026-10-31 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

डी मारियापछि फ्रान्सेली स्टार ओलिभिए जिरुले पनि लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

साउन १, काठमाडौँ । फ्रान्सेली फुटबल टोलीका प्रभावशाली खेलाडी ओलिभिए जिरुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनले अन्तिम अन्तर्राष्ट्रिय खेल हालै सम्पन्न युरोकपमा स्पेनविरुद्ध खेलेका थिए ।

युरोकपको स्पेनविरुद्धको सेमिफाइनल खेलमा फ्रान्सेली टोली २–१ गोलले पराजित भएको थियो । आफ्नो टोली सेमिफाइनलमा पराजित भएपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय गरेका हुन् ।

३७ वर्षीय ओलिभिए अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको औपचारिक घोषणा सोमबार गरेका हुन् । उनी फ्रान्सलाई विश्वकप उपाधि जिताउने टोलीका सदस्य पनि हुन् ।

उनी इङ्लिस प्रिमियर लिग क्लब आर्सनल र चेल्सीका पूर्वस्ट्राइकर पनि हुन् । ओलिभिए जिरुले सन् २०११ मा २५ वर्षको उमेरमा फ्रान्सेली टोलीबाट ‘डेब्यू’ खेल खेलेका थिए । उनले फ्रान्सका लागि कुल एक सय ३७ खेल खेल्दै कुल ५७ गोल गरेका छन् ।

आफ्नो सक्रिय खेल जीवनमा उनले फ्रान्सका लागि ६ वटा ठुला प्रतियोगितामा सहभागिता जनाए । फ्रान्सले सन् २०१८ मा विश्वकप चुम्दा पनि उनी टोलीका प्रभावशाली सदस्य थिए । उनीसहितको फ्रान्सेली टोली सन् २०२२ को विश्वकप फुटबलमा भने उप–विजेता बनेको थियो ।

ओलिभिए जिरु सन् २०१६ को युरोकपमा पनि टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनी हाल अमेरिकी क्लब लस एन्जल्स फुटबल क्लबमा आबद्ध छन् । उनले सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर)मार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।

‘मैले आफ्नो जीवनको लामो समय राष्ट्रका लागि खेल्न बिताएँ । यो मेरा लागि गौरवको विषय हो । अब खेलजीवनबाट बिदा लिने समय आइसकेको छ । अबको जिम्मेबारी नयाँ प्रतिभाले आफ्नो काँधमा उठाउनु पर्छ,’ उनले भनेका छन् ।

यो साता अन्तर्राष्ट्रिय फुटबललाई ‘बाइ–बाई’ गर्ने जिरु दोस्रो प्रभावशाली खेलाडी हुन् । यसअघि चर्चित अर्जेन्टिनी खेलाडी एन्जल डी मारियाले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका थिए ।

३६ वर्षीय आक्रामक मिडफिल्डर डी मारियाले आफ्नो टोलीलाई कोपा–अमेरिकाको उपाधि चुमाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् । कोपा–अमेरिकाको ४८औँ संस्करणको फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो ।

अर्जेन्टिना सबैभन्दा बढी (१६ पटक) कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि बनेको छ । उनले सन् २००८ मा अर्जेन्टिनी टोलीमा ‘डेब्यू’ गरेका थिए । उनले अर्जेन्टिनाका लागि एक सय ४५ खेल खेल्दै कुल ३१ गोल गरेका छन् ।

उनले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, इटालियन सिरिए क्लब युभेन्ट्स र पोर्चुगिज क्लब बेनफिकाबाट ब्यवसायिक फुटबल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ