कार्तिक १३ पर्वत । राजनीतिक गतिरोधका कारण सामुदायिक क्याम्पसहरुमा समस्या पैदा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
    सरकारी  तथा सामुदायिक क्याम्पसमा    राजनीतिकरण बढी हुने भएकोले सामुदायिक क्याम्पसको  शिक्षामा गुणस्तरीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १३ पर्वत । राजनीतिक गतिरोधका कारण सामुदायिक क्याम्पसहरुमा समस्या पैदा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
    सरकारी  तथा सामुदायिक क्याम्पसमा    राजनीतिकरण बढी हुने भएकोले सामुदायिक क्याम्पसको  शिक्षामा गुणस्तरीय"/>
2026-07-07 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राजनीतिले सामुदायिक क्याम्पसमा समस्या उत्पन्न

2016-10-29

कार्तिक १३ पर्वत । राजनीतिक गतिरोधका कारण सामुदायिक क्याम्पसहरुमा समस्या पैदा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
    सरकारी  तथा सामुदायिक क्याम्पसमा    राजनीतिकरण बढी हुने भएकोले सामुदायिक क्याम्पसको  शिक्षामा गुणस्तरीयता नभएको टिप्पणी कार्यक्रममा सहभागीहरुले बताएका छन् । शुक्रबार कुश्मामा नेपाल पब्लिक क्याम्पस संघ पर्वतले आयोजना गरेको  सामुदायिक क्याम्पसका साझा समस्या, चुनौती र संभावनाहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले यस्तो बताएका हुन् ।
    नेपाल पब्लिक क्याम्पस संघ केन्द्रिय समितिका अध्यक्ष भोलानाथ ओझाले राज्यले सामुदायिक क्याम्पसलाई उपेक्षा    गरेका कारण पनि समस्या पैदा भएको बताए ।
    राजनीति गर्नको लागि राजननितिक दलहरुले सामुदायिक क्याम्पसलाई प्रयोग गर्ने तर त्यहाँको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नको लागि तथा क्याम्पस व्यवस्थापनमा कुनै चाँसो नदेखाएका कारण समस्या पैदा भएको जिकिर गरे । उनले सामुदायिक क्याम्पसमा आर्थिक, प्राज्ञिक, संस्थागत शुसासन र लक्षित बर्ग÷समुदायका कारण समस्या देखिएको आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका छन् ।
    उनले समस्या समधानको लागि शिक्षक विकास, शीप र प्रविधिमुखी कार्यक्रम, शैक्षिक गुणस्तर, एकेडेमिक अटोनामो, प्रर्व विद्यार्थीको उपयोग, प्रविधिको प्रयोग तथा कार्यक्रममा नविनता, समझदारी र अपनत्व, संघीय राज्यमा उच्च सामुदायिक शिक्षा वा सामुदायिक उच्च शिक्षामा कानूनी व्यवस्था, संघसंस्थाका कवुललाई सामुदायिक उच्च शिक्षामा बदल्ने र इनोभेसन र स्रोतको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले राष्ट्रिय स्तरमा एकिकृत ऐक्केबद्धता, सामाजिक न्याय, योगदान र अधिकार स्थापना, अनुदान आयोगलाई पब्लिक क्याम्पस मैत्री बनाउने, पब्लिक क्याम्पस अनुदान आयोग स्थापना र सामुदायिक क्याम्पसलाई सरकार र जनताको साझेदारीमा संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
    राजनीतिक दलहरुले पब्लिक क्याम्पसलाई जसरी          राजनीतिकको लागि उपयोग गरेका छन् त्यसैगरी गुणस्तरीय शिक्षा र आधुनिकरण गर्ने हो भने सामुदायिक क्याम्पसका समस्या समधान हुने ओझाको तर्क छ ।
    नेपालमा सामुदायिक क्याम्पसहरु १ हजार ८३ वटा रहेका छन् जसमध्ये प्रदेश नं १ मा १ सय ४७, २ मा ९५, प्रदेश ३ मा ४ सय ३९, प्रदेश ४ मा १ सय २३, प्रदेश ५ मा १ सय ४३, प्रदेश ६ मा ४९ र प्रदेश ७ मा ८७ वटा सामुदायिक क्याम्पसहरु रहेको त्रिभुवन विश्वविद्यालयको तथ्याङक रहेको     छ ।
     जसमध्ये चिकित्सा शास्त्र अध्ययन संस्थाहरु १८, इन्जिनिरिङ अध्ययन तर्फ १०, कृषि तथा पशु विकास अध्ययन संस्था ३, बन विज्ञान अध्ययन संस्था १, विज्ञान तथा प्रविधि अध्ययन संस्था ४१, शिक्षाशास्त्र संकायमा ६ सय १८, व्यवस्थापन संकायमा ५ सय ८५ ,मानविकी तथा सामाजिक शास्त्र संकायमा २ सय ५९ र कानून संकायमा १ वटा सामुदायिक क्याम्पसहरु रहेको तथ्याङक रहेको छ । पर्वतमा भने १२ वटा सामुदायिक क्याम्पसहरु रहेका छन् ।
    नेपाल पब्लिक क्याम्पस संघका संयोजक गोविन्द पहाडीको अध्यक्षतामा समपन्न उक्त कार्यक्रमको संचालन सचिव रामजी सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने