२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आजदेखि महिला एशिया कप शुरु , नेपालले आज पहिलो खेल युएईसँग खेल्दै

४ श्रावण २०८१, शुक्रबार ०२:५६

साउन ४, काठमाडौँ । आज देखि महिला एशिया कप शुरु हुदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कपमा एशिया ८ देशले भाग लिदै छन् ।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्दै छन् ।

एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल एसिया कपको उदघाटनकै दिन आज युएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै आज अर्को खेल समुह समुह ए कै भारत र पाकिस्तानबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ ।

नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ । 

एशिया कप खेल्ने नेपाली टिम: 

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते