२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स

४ श्रावण २०८१, शुक्रबार ०४:२२

साउन ४, काठमाडौँ । भारतीय अलराउन्डर क्रिकेटर हार्दिक पाण्डेयले चार वर्षको सम्बन्धपछि श्रीमती नताशा स्टान्कोभिकसँग अलग भएको घोषणा गरेका छन् ।

हार्दिकले बिहीबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । पछिल्ला केही महिनादेखि यी दुईबीच सबै कुरा राम्ररी चलिरहेको थिएन। आईपीएल २०२४ मा नताशाले आफ्नो इन्स्टा ह्यान्डलबाट हार्दिकसँगका सबै तस्बिर पनि हटाएकी थिइन् । त्यति बेला देखि नै उनीहरुको सम्बन्ध राम्रो नभएको चर्चा मिडिया र सामाजिक सञ्जालमा भइरहेको थियो । अब दुवैले आपसी सहमतिमा एकअर्काबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।

हार्दिकले लेखेका छन्, '४ वर्ष सँगै बसेपछि नताशा र मैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका छौं । हाम्रा लागि यो कठिन निर्णय हो, हामीलाई अगस्त्यको आशीर्वाद प्राप्त भयो, जो हामी दुवैको जीवनको केन्द्रबिन्दु बन्नेछौं र हामी सह-अभिभावकको रुपमा उनको हेरचाह गर्ने छौं । हामी यो कठिन र संवेदनशील समयमा हामीलाई गोपनीयता प्रदान गर्नको लागि तपाईंको समर्थन र समझदारीको लागि हार्दिक अनुरोध गर्दछौं ।'

हार्दिक पाण्डेयले गत वर्ष फेब्रुअरी १४ मा नताशा स्टान्कोभिकसँग क्रिश्चियन र हिन्दू परम्परा अनुसार विवाह गरेका थिए । दुवैले लामो समयदेखि एकअर्कालाई डेट गरेका थिए । हार्दिकले २०१९ मा एक पोस्टमार्फत आफू अभिनेत्री नताशासँग रिलेशनशिपमा रहेको बताएका थिए । सन् २०२० मा दुवैले इन्गेजमेन्ट गरे र एक सन्तानको अभिभावक बने । त्यसपछि दुवैले २०२० मा नै कोर्ट म्यारिज गरेका थिए । नताशा २०२० मा अदालती विवाह हुनुअघि नै गर्भवती थिइन् । विवाहपछि नताशाले अगस्त्यलाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने