२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्‍यो सोधपुछ, उपसभापति अर्याल भन्छन्- सत्यतथ्य बुझ्दैछौं

२०८१, ४ श्रावण शुक्रबार ०७:३१

साउन ३ , काठमाडौं ।  आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा राना गम्भीर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे आन्तरिकरूपमा छानबिन थालेको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले उपसभामुख रानासँग समेत सोधपुछ गरेका छन् ।

उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी छन् । संसदसँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टीममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।

रास्वपाबाट निर्वाचित भएकी हुँदा उपसभामुखको विवादले पार्टीलाई पनि असर गरेको छ । यो विषय रास्वपाको जानकारीमा रहे पनि गुपचुप राखिरहेको आरोपसमेत लागेको छ । तर, पार्टीका नेताहरू यो स्वीकार्दैनन् ।

उपसभापति अर्यालले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताए । भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठूलो विषय नभएको उनको भनाइ छ ।

अर्यालले भने, ‘नेपालको क्याबिनेटबाटै निर्णय भएर मन्त्रीहरू बाहिर जाँदा पनि सँगै जाने मान्छेहरूलाई भिसाको इन्टरभ्यूका लागि सिफारिस लेख्ने चलन रहेछ । उहाँले लेख्नु सही थियो वा थिएन भन्ने आफ्ना ठाउँमा छ, तर यो त्यति ठूलो विषय होइन ।’

आफूले उपसभामुख रानासँग सोधपुछ र छलफल पनि गरिरहेको उनले जानकारी दिए ।

‘उहाँले गलत नियतले पत्र नलेखेको बताउनुभएको छ । एउटै प्रोग्राममा जाने भएकाले आफूलाई पनि सहयोग हुन्छ भनेर अन्तरवार्ताका लागि डेट दिन लेखिदिनुभएको रहेछ । डेट लिन एकदमै गाह्रो हुन्छ नि अमेरिकी दूतावासमा । तर, उहाँले सिफारिस गरेका मान्छेहरुले अन्तरवार्ता दिन पाएनन् भन्ने बुझेको छु’, अर्यालले भने ।

यो कार्यमा कुनै आर्थिक लेनदेन नदेखिएको उनको दाबी छ ।

‘आर्थिक लेनदेनका कुराहरू अहिलेसम्म केही पनि भेटिएको छैन । पार्टीको तर्फबाट अध्ययन त गरिहाल्छौं । तर, अहिलेसम्म कुनै पनि लेनदेनको जानकारी छैन,’ अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो