2026-10-31 07:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानी क्रिकेट बोर्डले बाबरसहित तीन खेलाडीलाई टी-२० क्रिकेट खेल्न रोक्यो

साउन ५, काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहमद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी-२० खेल्नबाट रोकेको छ ।

तिन खेलाडीले मागेको नो अब्जेक्सन पत्र दिन अस्वीकार गर्दै बोर्डले पाकिस्तानको आगामी आठ महिनामा राष्ट्रिय टिमको व्यस्त तालिका भएकोले उनीहरुलाई पत्र नदिने निर्णय गरेको स्पष्ट गरेको छ ।

बोर्डले आगामी आठ महिनामा पाकिस्तानले १४ एकदिवसीय, ९ टी-२० र ९ टेस्ट खेल खेल्ने तालिका रहेको तथा आउदो बर्ष च्याम्पियन्स ट्रफीसमेत खेल्ने तालिका रहेकोले उनीहरुको राष्ट्रिय टिममा बढी आवश्यकता रहेको बताएको छ । यस अघि बोर्डले बलर नसीम शाहलाई पनि फ्रेन्चाईजी लिग खेल्न अनुमति दिन अस्वीकार गरेको थियो ।

त्यस्तै बोर्डले आसिफ अली, इफ्तिखार अहमद, मोहमद आमिर र मोहमद नवाजलाई भने ग्लोबल टी-२० खेल्न अनुमति दिएको छ ।

      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ