२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईलाई भारतले दियो २०२ रनको लक्ष्य

६ श्रावण २०८१, आईतवार १०:३७

साउन ६,  काठमाडौँ ।  श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेटको आइतबार खेलिएको खेलमा भारतले संयुक्त अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय दुई रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय एक रनको विशाल योगफल तयार पारेको हो ।

भारतका लागि दुई ब्याट्रले अर्धशतकीय पाली खेले । कप्तान हरमनप्रित कौरले ६६ रन बनाइन् । उनले केवल ४७ बलको सामना गरी एक छक्का र सात चौका प्रहार गरिन् । विकेटकिपरको समेत भूमिकामा रहेकी रिचा घोषले पनि अविजित ६४ रन जोडिन् ।


उनले केवल २९ बलको सामना गरी एक छक्का र १२ चौका हिर्काइन् । ओपनर सफाली वर्माले पनि टोलीको खातामा ३७ रन थपिन् । स्मृति मन्धानाले १३ रन जोडिन् । यूएईका बलर कविसा एगोडेगले दुई तथा समाइरा धरणिधरका र हिना होचन्दानीले एक–एक विकेट लिए ।

जारी प्रतियोगितामा भारत र यूएई दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यूएईको टोली आफ्नो पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो । भारतले भने आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्दी पाकिस्तानलाई सात विकेटले हराएको थियो ।

समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसक्दा भारत दुई अंकसहित पहिलो र नेपाल दुई अंकसहित दोस्रो स्थानमा आसिन छन् । पाकिस्तान र यूएईले भने अंक बटुल्न सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै