2026-06-24 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला एशिया कप: यूएईलाई ७८ रनले हराउदै भारतको लगातार दोस्रो जित, खेलमा यस्ता बने नयाँ रेकर्ड!

साउन ६,  काठमाडौँ । जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।

आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो । 

यूएईका लागि काभिसा एगोडेजले नटआउट रहँदै सर्वाधिक ४० रन जोडिन् । उनले मात्र ३२ बलमा ३ चौका र १ छक्का हिर्काइन् । 

त्यस्तै, ओपनर इशा ओजाले ३६ बलमा ३८ रनको योगदान दिइन् । खुसी शर्माले १३ बलमा १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

भारतका लागि दीप्ति शर्माले २ तथा रेनुका सिंह, तनुजा कँवर, पूजा भस्त्राकर र राधा यादवले १–१ विकेट हासिल गरे ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । महिला एसिया कपमा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक ठुलो स्कोर हो । यसअघि सन् २०२२ मा भारतले मलेसियाविरुद्ध ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । प्रतियोगिताको इतिहासमा सबैभन्दा ठुला ७ स्कोरमध्ये ६ वटा भारतको नाममा रहेको छ ।

टी–२० अन्तर्राष्ट्रियमा भारतीय महिला टोलीले बनाएको यो सर्वाधिक ठुलो स्कोर पनि हो । यसअघि टोलीले सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो ।

टोलीका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक ६६ रन बनाइन् । उनले ४७ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरिन् । प्रतियोगितामा कुनै पनि कप्तानले बनाएको यो सर्वाधिक ठुलो स्कोर हो ।

उनले रिचा घोषसँग मिलेर पाँचौँ विकेटका लागि ७५ रन जोडिन् । यो पनि महिला एसिया कपका लागि नयाँ रेकर्ड हो । 

घोषले मात्र २९ बलमा ६४ रन बनाइन् । उनले यस क्रममा १२ चौका र १ छक्का प्रहार गरिन् । टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि भारतीय महिला विकेटकिपरले बनाएको यो सर्वाधिक ठुलो स्कोर हो ।

त्यस्तै, ओपनर सेफाली वर्माले १८ बलमा ३७ रन बनाइन् । उनले ५ चौका र १ छक्का प्रहार गरिन् । यूएईका लागि काभिसा एगोडेजले २ तथा समाइरा धारनिधारका र हिना हटचन्दनीले १–१ विकेट लिइन् ।

भारतले यसअघि पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । त्यस्तै युएईले भने लगातार दोस्रो हार बेहोरेको छ । युएईले पहिलो खेलमा नेपालसँग हार बेहोरेको थियो ।

प्रतियोगितामा अब भारतले आफ्नो समुह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने सोहि दिन युएईले पाकिस्तानको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे