३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला टी-२० क्रिकेटको विश्व वरियता: एक स्थान सुधार गर्दै ८३ औँ नम्बरमा सीता, रुबिनाको भने खस्कियो

८ श्रावण २०८१, मंगलवार १०:३२

साउन ८, काठमाडौँ । महिला टी–२० क्रिकेटको विश्व वरियतामा नेपालकी ब्याटिङ ओपनर सीता राना मगर एक स्थान सुधार गर्दै ८३ औँ नम्बरमा पुगेकी छन् । पूर्व कप्तान रुबिना क्षेत्री भने तीन स्थान खस्किएर ८७ औँ नम्बरमा झरेकी छन् ।


ब्याटरको वरियतामा नेपालका दुई जना मात्र खेलाडी शीर्ष सय भित्र छन् । बलिङतर्फ कुनैपनि नेपाली बलर शीर्ष सय भित्र अटाउन सकेका छैनन् । नेपालले अहिले श्रीलंकामा जारी एसिसी महिला एसिया कप खेलिरहेको छ ।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा यूएईलाई हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग हार व्यहोरेको थियो । समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मंगलबार भारतसँग खेल्दै छ । भारतीय बलर दिप्ती शर्मा विश्व वरियताको दोस्रो नम्बरमा छिन् । भारतकै स्मृति मन्धना ब्याटरको वरियताको चौथो नम्बरमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट