2026-08-22 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित

साउन १०, काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार साँझ खेल निकै रोचक भइरहेको बेला  अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भारले मान्यता नदिएपछि विवाद बढेको हो ।

अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औ मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो र केही दर्शक मैदानमा प्रवेश गरेका थिए । अवस्था नियन्त्रणभन्दा बाहिर जाने स्थिति बनेपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए र दुवै टिमले मैदान पनि छोडेका थिए । तर खेल भने सकिएको थिएन । खेल करिब २ घण्टा अवरुद्ध रह्यो ।

दर्शकले हुलदंगा गरेपछि दुई घण्टापछि खाली रंगशालामा खेलको बाँकी ३ मिनेट समय खेलाइने निर्णय गरियो । तर बाँकी समयको खेल शुरु हुनु अघि अर्जेन्टिनाको गोललाई अफसाइड भन्दै भारले अस्वीकृत गरिदियो । तर बिना दर्शक बाँकी समय खेल खेलाइयो र मोरक्को यस खेलमा २-१ ले विजयी भएको घोषणा गरियो ।

खेलपछि अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेललाई सर्कस बनाइएको प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियोनेल मेसीले पनि यस घटनामा आफ्नो प्रतिक्रिया दिदै ‘अविश्वसनीय’ भनेका छन् ।

अब अर्जेन्टिनाले समुह बी मा शनिबार इराकविरुद्ध खेल्ने तालिका छ भने मोरक्कोले सोहि दिन युक्रेनको सामना गर्दै छ ।

बुधबारनै सम्पन्न अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५–० ले समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २–१ ले पराजित गर्यो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले । यस्तै समूह बी मा इराकले युक्रेनलाई २–१ ले पराजित गरको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक