2026-08-23 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी-२० मा भ्यानकुभरको लगातार तेस्रो हार,दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रदर्शन

साउन १४, काठमाडौँ | ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङ र सन्दीप लामिछानेको राम्रो बलिङ उत्कृष्ट प्रदर्शनका बाबजुद पराजित भएको छ |

टस जितेर भ्यानकुभरले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको मोन्ट्रियलले ७ विकेटको क्षतिमा १४४ रन को लक्ष्य दिएको थियो।

मोन्ट्रियलविरुद्धको बलिङमा भ्यानकुभरका लागि मोहम्मद आमिर र प्रेटोरियासले २-२ विकेट लिए भने नेपालका सन्दीप लामिछानेले १ विकेट लिए। चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिएर एक विकेट हात पारेका हुन्। योसँगै प्रतियोगितामा उनले तीन खेल खेल्दा व्यक्तिगत चार विकेट हात पारेका छन्।

१४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर मोन्ट्रियलसंग १० रनले पराजित भयो | भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो | भ्यानकुभरका लागि रिजा हेन्ड्रिक्सले ३५ बलमा सर्वाधिक ३४ रन बनाए | त्यस्तै ड्रवेन प्रेटोरियास २० बलमा ३१ रन बनाएका थिए |

नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने नटआउट ३० रन बनाए। १५ बलको सामना गरेका दीपेन्द्रले तीन चौका र एक छक्का प्रहार गरे। नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि भ्यानकुभरले लगातार तेस्रो हार खाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो