३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रजातन्त्र दिवसको दिन छुटेका व्यक्तिले गरे अर्को हत्या, यस्तो छ आपराधिक ट्रयाक रेकर्ड

१७ श्रावण २०८१, बिहीबार १०:५२

साउन १७, विराटनगर | मोरङ उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

मंगलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा बोलाएर दाहालमाथि धारिलो हतियार तथा लाठी प्रहार गरेका थिए।


गम्भीर घाइते भएका दाहाललाई गोदावरी अस्पताल उर्लाबारीमा प्रारम्भिक उपचारपछि बिएन्डसी अस्पताल विर्तामोड लगिएको थियो।

दाहालको उपचारको क्रममा त्यही दिन राति ८:४० बजे मृत्यु भएको थियो।

कार्कीका अनुसार दाहालको हत्यापछि भागेका तामाङलाई सुन्दरहरैंचा नगरपालिका-४ दुलारी चोकमा पक्राउ गरिएको हो। उनी को१ख ६४७१ नम्बरको बसमा थिए।

तामाङ हत्या आरोपमा जेल परेर छुटेका व्यक्ति हुन्। उनको आपराधिक अभिलेखबारे प्रहरीले जानकारी दिएको छ।

तामाङलाई कर्तव्य ज्यानमुद्दामा २०७१ साल असोज ९ गते अदालतले १० वर्ष सजाय तोकेको थियो।

तर, उनी २०७६ सालको प्रजातन्त्र दिवसको दिन छुटेका थिए।

जेलबाट छुटेको एक वर्षमै उनलाई ज्यान मार्ने उद्योगमा अदालतले २०७७ भदौ ८ गते २ वर्ष ६ महिना  कैद तोकेको थियो। त्यो कैद भुक्तान गरेर तामाङ छुटेका थिए।

जेलबाट छुटेको दुई महिनापछि २०७७ कात्तिक ७ गते उनलाई अदालतले लागुऔषध मुद्दामा ३ महिना कैद र १ लाख धरौटी तोकेको थियो। त्यो कैद भुक्तान गरी तामाङ छुटेका थिए।

त्यस्तै, अभद्र व्यवहार मुद्दामा २०८० असोज २४ गते उनी एक लाख धरौटी तिर्न नसकेर कारागार मोरङ चलान भए। २५ गते धरौटी तिरेर उनी छुटेका थिए।

प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ। तामाङलाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ। 

दाहालको हत्या हुनुमा पुरानो रिसिइबी नरहेको बुझिएको प्रहरीले जनाएको छ। त्यसदिन तामाङले दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाएका थिए।

'उनीहरूबीच पुरानो झगडा-रिसिइबी देखिँदैन, मोबाइल चोरी भएको विषयमा बोलाएर छलफल गर्ने क्रममा तामाङले दाहालमाथि छुरा प्रहार गरेको बुझिएको छ,' प्रहरी उपरीक्षक कार्कीले बताए।

घटना भएको अघिल्लो दिन छिमेकी व्यक्ति सञ्जय आचार्यसँग दाहालको झगडा भएको थियो। 

त्यसक्रममा आचार्यले दाहाललाई धम्क्याएको आफन्त टिका दाहालले बताइन्। त्यसको भोलिपल्टै घरबाटै बोलाएर दाहाललाई तामाङले लगेको उनले बताइन्।

घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, मुख्य व्यक्ति तामाङ नै रहेको प्रहरीले जनाएको छ।   

हत्या गरिएका युवक गोपाल दाहालका एक मात्रै छोरा थिए। उनको हत्यापछि परिवार शोकमग्न छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली