साउन १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका १ जनालाई राज्यमन्त्री नियुक्त गरेका छन्।
यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ।