2026-09-18 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय एसडीएमले नमान्दा नेपाल-भारत पुल निर्माण कार्य लम्बियो

पंकज धामी | कात्तिक १४, दार्चुला | पाथौरागढ जिल्लाको धारचुला नगरका एसडिएमले आफुलाई डिटेल जानकारी नभएको र काम गर्ने निर्देशन नभएको भन्दै काम सुरु गर्न नदिएपछि नेपाल भारत सीमा जोड्ने धौलाकोट गाविसको तीग्रममा बन्दै गरेको झोलुङ्गे पुल निर्माणको काम लम्बीएको छ । 

धारचुला नगरमा पुराना एसडिएमको सरुवा भई नयाँ एसडिएम आएका र नयाँ एसडीएमले आफुलाई यो विषयमा माथिल्लो निकायबाट कुनै निर्देशन पनि नआएको र आफुलाई यो विषयमा पूर्ण जानकारी नभएकाले पनि तत्काल भारततीर पुल निर्माणको काम गर्न नसकिने बताउनु भएको छ । पुल निर्माणको सुरुवाती चरणबाट उक्त कार्यमा सहयोग गर्दै आएका गीता भवन प्रावि तिग्रमका शिक्षक बिरसिह बिष्ट सहित गाउँलेहरुको टोलीले एकसाता पहिले भारतीय एसडिएमलाई भेटेका थिए । भेटका क्रममा एसडिएमले उक्त जानकारी दिएको शिक्षक बिष्टले जानकारी दिनुभयो । 

नेपाल सरकारको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको ३३ लाख रुपैँयाको लागतमा नेपाल भारत जोड्ने झोलुुङ्गे पुल निर्माणका लागि मानामालिका जेभीले पुल निर्माणको काम गर्ने सम्झौता गरेको ठेकेदार रघुविर साउँदले बताउनु भयो । नेपाल तीर धौलाकोट गाविस वडा नम्बर ७ तिग्रम र भारतीतर रौतीनालामा ९० मिटर लामो पुल निर्माण गर्न सम्झौता भई असोज १० गते धौलाकोटका स्थानीय जेष्ठ नागरिक लक्ष्मणसिह कुवरले पुलको सिलान्यास गर्नु भएको हो ।

नेपाल तिर काम सुरु भइ हाल पुलको फाउण्डेशन र जग खन्ने काम सम्पन्न हुन लागेको ठेकेदार रघुविर साउँदले जानकारी दिनुभयो तर भारततीर काम गर्नको लागि पनि निर्माण सामाग्री तयार रहेको भएपनि भारतीय पक्षले नमानेपछि  काम सुरु हुन नसकेको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय लगायत नेपाल सरकारबाट गर्नु पर्ने सबै काम पुरा गरी भारतीय पक्षलाई पत्राचार गर्दा हालसम्म काम सुरु गर्न नपाएको ठेकेदार साउँले बताउनु भएको धौलाकोटबाट नयाँ नेपाल सहकर्मी कपिलदेब भट्टले खबर पठाउनु भएको छ । साथै चालु आर्थिक बर्षमा महाकाली नदिमाथी राप्ला देखि लाली गाविसम्म नेपाल भारत जोड्ने ८ ओटा झोलुङ्गे पुल निर्माण गर्न सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले निर्माण कम्पनीहरुसँग ठेक्का सम्झौता गरीसकेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई