२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरकारले स्टन्टबाजीका लागि कुनै काम गर्दैन : प्रधानमन्त्री ओली

२०८१, २० श्रावण आईतवार ०९:२६

साउन २०, काठमाडौँ |  प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैलाउनेहरू मुलुकमा क्रियाशील रहेको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरूले प्रतिगमनका लागि काँग्रेस-एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका वेला प्रधानमन्त्री ओलीले आफूहरूले स्टन्टबाजीको रूपमा काम नगर्ने बताएका हुन्। आइतवार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै ओलीले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि खालको भ्रम सृजना गर्ने गरी काम नगर्ने बताए।

उनले संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे। प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका काँग्रेस–एमालेले अझ बढी ग्राह्यता, स्वीकार्य र प्रभावकारिता बढाउन संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पारे।

उनले संविधान संशोधनविरुद्ध भ्रम फैलाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे। नेकपा एमाले, नेपाली काँग्रेस जस्ता लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको यो समीकरणले भनेको संविधान संशोधन स्वभाविक रूपमा लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानलाई अझ व्यवहारिक, सुदृढ, अझ लोकप्रिय बनाउने, यसको ग्राह्यता, स्वीकार्य, प्रभावकारिता बढाउन भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले समृद्ध नेपालः सुखी नेपाली बनाउने लक्ष्य अनुरूप संविधान संशोधन गर्ने कुरा अघि बढाइएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले अहिले पनि हाम्राविरुद्ध भ्रम फिजाउने कोसिस गरिरहेका छन्। अहिलेको नेपाली काँगेस र नेकपा एमालेको सरकारले कुनै अफवाहको भरमा वा पपुलिष्ट हुन अथवा कुनै स्टन्टबाजीको रूपमा यसले कुनै काम र विचार प्रस्तुत गर्दैन। कुनै अन्यौल र भ्रम पनि चाल्दैन। स्टन्टबाजी पनि गर्दैन।’

प्रधानमन्त्री ओलीले देश र जनतालाई सुखी र समृद्ध बनाउने लक्ष्यअनुसार सरकार अघि बढिरहेको दावी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले