प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती सदरमुकाम गुलरियामा आज बर्दियाली साहित्य समाजको आयोजना र नपाली बिवाह डट कमको प्रायोजनमा विविध साहित्यिक कार्यक्रमहरुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती सदरमुकाम गुलरियामा आज बर्दियाली साहित्य समाजको आयोजना र नपाली बिवाह डट कमको प्रायोजनमा विविध साहित्यिक कार्यक्रमहरुक"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

लक्ष्मी जयन्तीमै बिवाह डट कम ! (तिहारभर तपाइलाई नि:शुल्क सेवा छ)

१४ कार्तिक २०७३, आईतवार ०८:००

प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती सदरमुकाम गुलरियामा आज बर्दियाली साहित्य समाजको आयोजना र नपाली बिवाह डट कमको प्रायोजनमा विविध साहित्यिक कार्यक्रमहरुका साथ सम्पन्न गरिएको छ ।

नेपाली बिवाह डट कमका बारेमा धारणा राख्न्हुँदै कथाकार मणी शर्मा …

लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरी शुरु गरिएको साहित्यिक कार्यक्रममा बोल्नुहुँदै अतिथिका रुपमा रहनुभएका कृष्णसार पाठक मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले पछिल्लो समयमा हाम्रो भाषा, साहित्य र कलामाथि नै आक्रमण भैरहेको कारणले गर्दा आज अधिकांश मानिसहरु जानकारी पाएर पनि साहित्यिक, धार्मिक तथा साहित्यिक कार्यक्रमहरुमा जान हिच्किचाएकाले यस प्रकारका कार्यक्रमहरुमा सहभागिता सधैँ कम हुने गरेको बताउनुभयो । नेपाली भाषामा विकृति छिराउनका लागि राज्यका ठूला संस्थाहरु नै लागि परेको आरोप लगाउनुहुँदै वहाँले अब यसका लागि हामी आँफै अध्ययन अग्रसर हुनु पर्ने कुरामा जोड दिनुभयो । स्वयम् महाकवि लक्ष्मीप्रसाद देवकोटा नै नेपाी, संस्कृत र अङ्ग्रेजी भाषाको प्रखर ज्ञाताका रुपमा हुनुहुन्थ्यो वहाँले नेपाली साहित्यको माध्यमबाट विश्वसामु चिनाउनका लगि महत्वपूर्ण भूमिका खेल्नुभएको कुरा स्मरण गर्नुभयो । बर्दियाली साहित्य समाजले आफ्ना साहित्यिक गतिविधीहरु गरिरहेता पनि केही जमातबाट समाजमा साहित्यका बारेमा गलत प्रचार गरेका कारण अन्याय भएको कुरा औंल्याउनुहुँदै आगामी दिनमा यस्ता भ्रमहरु चीर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा अाफ्नाे मन्तब्य राखन्हुँदै अयोध्याप्रसाद श्रीवास्तव ‍‍…

कार्यक्रममा सम्बोधन गर्नुहुँदै जिल्ला प्रशासन कार्यालय गुलरियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बर्दियाली साहित्य समाजलाई बर्दियामा छरिएर रहेका विभिन्न भाषाभाषीहरुका स्रष्टाहरुलाई एक सूत्रमा बाँधेर जानुपर्ने र यसको लागि विशेष कार्ययोजना तयार गरी अगाडि बढ्नेपर्ने सुझाव दिनुभयो । 

लक्ष्मी जयन्ती कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै बर्दियाली साहित्य समाजका सदस्य एवम् कवि विष्णुप्रसाद मरासिनीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीमाथि प्रकाश पार्नुभएको थियो । 

बर्दियामा साहित्य सिर्जनाको क्षेत्रमा स्थापित साहित्यिक व्यक्तित्वहरु लक्ष्मी बस्याल, गरिमा खनाल, अन्जु स्मारिका, अनुपमा करारा, मणी शर्मा, रमेशचन्द्र ज्ञवाली, देवीदत्त देवकोटा, मुरली गोडिया लगायतले विभिन्न विधामा साहित्यिक रचनाहरु वाचन गर्नुभएको थियो । 

सदरमुकाम स्थित महाकवि देवकोटा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम बर्दियाली सहित्य समाजका अध्यक्ष कवि इन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

सहभागी स्रष्टाहरु …

यसैबीच कार्यक्रममा नेपाली बिवाह डट कम अनलाइन सेवाका बारेमा उपस्थित सम्पूर्ण साहित्यकर्मीहरुबाट यसका सकारात्मक पक्षहरुमाथि चर्चा परिचर्चा गरिँदै, आजको सूचना र प्रविधिको युगमा विशुद्ध नेपाली पारीवारिक संरचनालाई जोगाइराख्नका लागि यस वेभसाइटले योगदान दिने कुरामा जोड दिनुहुँदै नेपाली बिवाह डट कमको पूर्ण सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा नेपाली बिवाह डट कमका निर्देशक पंकज आदित्यले यसमा रहेका विशेषता र यसको सञ्चालन प्रविधिका बारेमा सहजीकरण गर्नुभएको थियो ।  

तिहारभर नि:शुल्क रुपमा नै यसको अकाउण्ट खोल्न मिल्ने भएको वहाँले जानकारी दिनुहुँदै यसका लागि TIHAR2016 कुपन काेड प्रयाेग गरी असल र मन मिल्ने जीवनसाथीको खोजी गर्नुहुन सबैलाई अनुराेध गर्नुभएको थियो ।

तपाई पनि अाजै लगअन गरी मन मिल्दो जाेडीको खाेजी गर्न चाहानुहुन्छ भने नि:शुल्क रुपमा अाजै लगअन गरिहाल्नुहोला । (लिङ्क तल दिइएको छ)

http://www.nepalivivah.com/

थप जान्नका लागि सुन्नुहोस् । (सुनिरहुँ लाग्ने यो गीत)





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता