२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पशुपतिनाथ देवपत्तनमा रहेको भजन फल्चाको पुन:निर्माण सम्पन्न

२०८१, २१ श्रावण सोमबार ०३:४२

साउन २१, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैया लागतमा पुनःनिर्माण सम्पन्न भएको छ ।

सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको समुद्घाटन गरेका छन् । फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको उल्लेख छ । 

जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेपछि फल्चाको पुनःनिर्माण गराइएको हो । वडाध्यक्ष संगतले भने, ‘पशुपति क्षेत्र विकास कोषले फल्चालाई हटाउन निकै प्रयास गरेको थियो । हामीले यसो हुन दिएनौँ । कोषकै कारण फल्चा निर्माण सम्पन्न गराउन निकै दुःख व्यहोर्नु परेको थियो ।’ 

फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने भएको छ । उद्घाटनपछि बोल्दै भकुंत्वा उपभोक्ता समितिका अध्यक्ष भाइराजा डंगोलले भने, ‘मौलिक शैलीमा निर्माण भएको फल्चाले हाम्रो पहिचान कायम गराएको छ ।’ 

वडाले प्राचीन पहिचान भएका सम्पदाको खोजी, अभिलेखन, पुनःनिर्माण र पुनःस्थापनाका कामलाई प्राथमिकता दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते