२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शेख हसिनाको पार्टीका ८ नेतालाई आन्दाेलनकारीले जिउँदै जलाए

२०८१, २२ श्रावण मंगलवार ०६:००

साउन २२, काठमाडौँ । बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि प्रदर्शनकारीहरूको तालिबानी शैलीमा कारबाही गरेकाे घटना सार्वजनिक भएको छ। प्रदर्शनकारीहरूले जेसाेरस्थित अवामी लीगका नेताहरू बसेकाे एक हाेटलमा आगाे लगाएका थिए । सञ्चार माध्यमले जनाएअनुसार आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।

होटलका मालिक जेसोर जिल्ला अवामी लिगका महासचिव शाहीन चक्लादार थिए।

सञ्चारमाध्यमलाई उपायुक्त अबरारुल इस्लामले घटनाको पुष्टि गरेका छन् । मृत्यु हुनेमा २० वर्षीय छयन र १९ वर्षीय सेजन हुसेन रहेका छन् । अस्पतालका कर्मचारी हारुन रसिदले त्यहाँ कम्तीमा ८४ जनाको उपचार भइरहेको र अधिकांश विद्यार्थी रहेको बताए ।


आन्दाेलन आक्रामक बनेसँगै साेमबार हसिनाले देश छाडेर भागेकी थिइन् । उनले भागेसँगै देशभर आन्दाेलनकारीले उत्सव मनाएका थिए । साेही क्रममा आन्दाेलनकारीले हाेटलमा आगाे लगाएका हुन् ।

आन्दाेलनकारीले अवामी लिगको कार्यालय र नेताहरूकाे घरमा पनि आक्रमण गरेका थिए ।

३ सय जनाको ज्यान गयाे

बंगलादेशमा आगजनी र हिंसाका कारण अहिलेसम्म कम्तिमा ३०० जनाको ज्यान गएको छ । समाचार एजेन्सी एएफपीको सोमबारको रिपोर्टमा यस्तो दाबी गरिएको हो।

यद्यपी मृत्यु हुनेको संख्या ३ सय हो भन्नेबारे आधिकारिक बयान भने आएको छैन ।

सरकारी अधिकारीहरूले एक सय जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार भएको झडपमा मात्रै १४ प्रहरीसहित १०० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते