२८ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कार्यदलले शिर्ष नेतालाई बुझायो सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन

२३ श्रावण २०८१, बुधबार ०६:३९

साउन २३, काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । 

गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो ।


कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो । 

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको छ । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ ।

यस विधेयकलाई चालु संसदबाटै पारित गरेर अघि बढाउने तयारीमा शिर्ष नेताहरु रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
होम लोन लिनेको संख्या बढ्यो रवि लामिछानेसँग आजदेखि लिखित बयान लिन सुरु जापानका नगर प्रमुखलाई बालेनले दिए ढाका टोपी र देशे मरुझ्याःको प्रतिकृति उपहार कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’मार्फत खेलाडी छनोट गर्ने रास्वपाको पत्रकार सम्मेलन स्थगित आत्म समीक्षा सहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन सुनको मूल्य घट्दा चाँदी बढ्यो प्रधानमन्त्री ओली आज जुम्ला जाँदै ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी दुई संसदीय समितिको बैठक आज बस्दै स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध यस्तो छ, बुधबारको विदेशी मुद्राको विनिमय दर रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै यु–१९ महिला विश्वकप छनोट : अन्तिम खेलमा आज नेपाल युएईसँग खेल्दै आजको मौसमः देशका अधिकांश भूभागमा मौसम सफा रहने पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति महसुल नतिरेका उद्योगको लाइन जोड्ने र महशुल बक्यौता असुल गर्ने प्राधिकरण बोर्डको निर्णय पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे बैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ