२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतलाई हराउदै श्रीलंकाले जित्यो एकदिवसी सिरिज,सिरिजमा श्रीलंका २-० ले विजयी

२०८१, २४ श्रावण बिहीबार ०२:५७

साउन २४, काठमाडौँ । श्रीलंकाले भारतसँगको जारी एकदिवसी सिरिज जितेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २-० ले जितेको हो ।

यस खेलमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछाएको भारतले २६.१ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्बाधिक ३५ रन बनाए भने वाशिंटन सुन्दरले ३० र विराट कोहलीले २० रन बनाए ।

त्यस्तै भारतीय ब्याटिंग ध्वस्त गर्नेक्रममा श्रीलंकाका बलर दुनिथ वेल्लालागेले ५ विकेट लिए भने महीश तिक्क्षना र जेफ्री वान्दरसेले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४८ रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फेर्नान्डोले सर्बाधिक ९६ रन बनाए भने कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए । त्यस्तै भारतीय बलर रियाँ परागले ३ विकेट लिएका थिए ।

यो जितपछि श्रीलंकाले ३ खेलको सिरिज २-० ले जितेको छ । सिरिजको पहिलो खेल टाई भएको थियो भने त्यसपछिका दुवै खेल श्रीलंकाले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति