२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पेरिस ओलम्पिकमा हालसम्म ८० देशले जिते पदक, अमेरिका शिर्ष स्थानमा

२४ श्रावण २०८१, बिहीबार ०३:१८

साउन २४, काठमाडौँ । जारी पेरिस ओलम्पिकमा हालसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् ।

पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अस्ट्रेलिया १८ स्वर्ण, १२ रजत र ११ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स १३ स्वर्णसहित १७ रजत र २१ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १७ रजत र २० काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १२ स्वर्णसहित ६ रजत र १३ काश्य पदक जितेको छ । 

त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ८ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ९ स्वर्ण, ५ रजत र ६ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ८ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ भने क्यानडाले ६ स्वर्ण, ४ रजत र ९ काश्य पदक जितेको छ । त्यस्तै आयरल्याण्डले ४ स्वर्ण र ३ काश्य पद जितेको छ ।  

त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र युक्रेनले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, स्पेन, क्रोसिया, क्युबा, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् । 

त्यसैगरी इजरायल, जमैका, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, थाइल्याण्ड, ग्रिस. दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चिली, इरान, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, क्युबा, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, बहराइन, चिली, डोमिनिका, इक्वेडर,  स्लोभेनिया, सेन्ट लुसिया, मोरक्को, नर्वे र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।  

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा मेक्सिको, उत्तर कोरिया, अर्मानिया, मेक्सिको, इथोपिया, काजकिस्तान, टर्की, लुथियाना, कोसोभो, ट्युनिसिया, कोलोम्बिया, साइप्रस, फिजी,  मंगोलिया, भारत, ताजकिस्तान, डोमिनिकन रिपब्लिक, मलेसिया, मोलडोभा, अस्ट्रिया, काबो भेर्ड़े, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, पेरु, पोर्चुगल, स्लोभाकिया र जाम्बिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो