२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ठूलो मात्रामा विदेशी मुद्रासहित विमानस्थलबाट ३ जना पक्राउ

२०८१, २४ श्रावण बिहीबार ०७:१९

साउन २४, काठमाडौँ । ठूलो मात्रामा विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दीपेश भुसाल छन् ।

उनीहरु थाई एअरवेजको उडानमार्फत काठमाडौंबाट बैंकक जान लागेका बेला बुधबार विमानस्थलबाट पक्राउ परेका हुन् ।

महेशको साथबाट १६ हजार ५५० युरो, १० हजार ९०० क्यानडियन डलर बरामद भएको छ । मावनको साथबाट ८ हजार ९५० युरो, ३ हजार ६६० थाई भाट बरामद भएको छ ।

त्यस्तै दीपेशको साथबाट १३ हजार ४ सय युरो, २ हजार ४०० स्वीस फ्रान्क, ४ हजार ५00 क्यानडियन डलर, १८ हजार साउदी रियाल, २ हजार थाई भाट र ४ लाख ९० हजार जापनिज येन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते