८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हसिनाका छोराले भने, ‘चुनाव घोषणा भएलगत्तै आमा बंगलादेश फर्कनु हुन्छ, भारतबाहिर जानुहुन्न’

२५ श्रावण २०८१, शुक्रबार ०७:४२

साउन २५, नयाँदिल्ली |  शेख हसिनाका छोरा जोय वाजिदले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् । 

उनले नयाँ कार्यवाहक सरकारले निर्वाचन घोषणा गरे पछि आफुहरु बंगलादेश जाने बताएका हुन । 

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार हसिनाले फेरि चुनाव लड्ने कि नगर्ने भन्ने कुरा उनको बयानबाट स्पष्ट भएको छैन । तर, उनको छोराका दावी छ, चुनावको घोषणा भए लगतै आमा हसिना स्वदेश फर्कने छिन् । 


बंगलादेशमा हिंसा भड्किएपछि गत अगस्ट ५ मा राजीनामा दिएर बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले देश छाडेर भारतको शरण लिन पुगेकी थिइन् । यी घटनापछि पनि जनता र पार्टीलाई छाड्न नसक्ने जोयले बताएका छन ।  यसअघि जोयले एक अन्तर्वार्तामा आमा शेख हसिना बंगलादेश नफर्किने बताएका थिए ।

यस भनाइको सन्दर्भमा उनले भने, 'हो, मैले भनेको थिएँ भन्ने कुरा सत्य हो तर देशभर हाम्रा नेता र कार्यकर्तामाथि आक्रमण भएपछि अहिले धेरै परिवर्तन भएको छ । अब हामी हाम्रा जनताको सुरक्षाको लागि सक्दो प्रयास गर्नेछौं। हामी तिनीहरूलाई एक्लै छोड्ने छैनौं ।'

हसिनाका छोरा पनि राजनीतिमा आउने

पूर्वप्रधानमन्त्रीका छोरा जोयले राजनीतिमा आउन तयार रहेको बताएका छन् । यसअघि जोयले आफू राजनीतिमा आउने मनसाय नभएको बताएका थिए ।

जोयले भने– 'यो मेरी आमाको अन्तिम कार्यकाल थियो । उनले अर्को चुनाव लड्ने छैनन् । मलाई पनि राजनीतिमा आउने रहर थिएन । म अमेरिकामा बसेको थिएँ तर पछिल्ला दिनमा जे भयो, त्यसले देशको नेतृत्वमा शून्यता देखाउँछ। पार्टीका लागि राजनीतिमा लाग्नुपर्छ । यसका लागि म अग्रपंक्तिमा उभिने छु ।'

अवामी लिगले चुनावमा भाग लिएमा हामी पनि जित्न सक्छौँ भन्नेमा म विश्वस्त छु जोयले भने । अवामी लिग बंगलादेशको सबैभन्दा ठूलो र पुरानो पार्टी हो। हामीसँग सबैभन्दा ठूलो पार्टी कार्यकर्ता छ।

शेख हसिना भारतमै बस्ने, मोदीलाई धन्यवाद 

शेख हसिनाको कुनै पनि देशमा शरण लिने मनसाय नभएको जोयले दाबी गरे । उनले भने, 'मेरी आमा भारतमा हुनुहुन्छ। अब ऊहाँ कतै जानु हुन्न् । अन्तरिम सरकारले नयाँ निर्वाचनका लागि हरियो संकेत दिने बित्तिकै मेरी आमा बंगलादेश जानु हुनेछ । यति छोटो समयमा मेरी आमाको ज्यान बचाउनु भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभारी छु।'

बंगलादेश हिंसामा पाकिस्तान-आईएसआई संलग्नः

जोयले पाकिस्तानले बंगलादेशमा अशान्ति भड्काएको आरोप लगाएका छन् । यस अराजकतामा पाकिस्तानको आईएसआईको हात रहेको देखाउने यस्ता प्रमाण भेटिएको उनले बताए । यो पूर्णतया योजनाबद्ध थियो।

सामाजिक सञ्जालमा अफवाह फैलाएपछि स्थिति तनावग्रस्त बनेको छ । सरकारले स्थिति नियन्त्रण गर्न खोजे पनि असफल भयो । आतंककारी संगठन वा विदेशी शक्तिले मात्रै उपलब्ध गराउन सक्ने हतियार भएकाले दंगालुहरूले प्रहरीमाथि बन्दुकसहित आक्रमण गरेको जोयले आरोप लगाएका छन् ।

बंगलादेशमा धेरै दिनको राजनीतिक उथलपुथलपछि बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुखको रुपमा शपथ लिएका छन् । सपथ ग्रहण समारोहमा बंगलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्मा पनि उपस्थित रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने