२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई हेलिकप्टर कम्पनीको एओसी निलम्बन गर्दै उड्डयन प्राधिकरण

२०८१, २५ श्रावण शुक्रबार ०९:४८

साउन २५, काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले दुई वटा हेलिकप्टर कम्पनीको अनमुतिपत्र (एओसी)निलम्बन गर्ने तयारी गरेको छ।  

सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर(सेफ्टी म्यानेजमेन्ट सिस्टम) अति नै न्यून भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउँदै एओसी निलम्बनको तयारी गरेको हो।

हाल प्राधिकरणले सबै वायुसेवा कम्पनीको सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर कार्यान्वयनकाे अवस्थाकाे विषयमा अडिट गरिरहेकाे सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनकाअनुसार प्राधिकरणले तोकेकोभन्दा कम दर हुनेलाई उडानमै प्रतिबन्ध लगाउने निर्णय समेत गरिएको थियो। 

प्राधिकरणले गत मंगलबार वायुसेवा कम्पनीहरूको सेफ्टी म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ६० प्रतिशतभन्दा कम देखिएमा सम्बन्धित एयरलाइन्सको उडानमा रोक लगाउने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम दुई हेलिकप्टर कम्पनीको अडिट ६० प्रतिशतभन्दा कम देखिएकाले तत्कालका लागि उडानमा रोक लगाउँदै स्पष्टीकरण मागेको छ।

'एसएमएस अडिटमा देखिएको कमजोरीलाई कसरी हटाउन सकिन्छ भनेर प्राधिकरणले दुबै हेलिकप्टर कम्पनीलाई ७२ घन्टाभित्र सफाइ पेस गर्न पत्र पठाएका छौं,' उनले भने, 'यो समयमा एक्सन प्लान बुझाएन भने एओसी निलम्बन हुनेछ।' 

सबै एयरलाइन्स सहितको 'हाइ लेभल सेफ्टी कोर्डिनेसन कमिटी'को सहमतिअनुसार प्राधिकरणले आइकाओको सेफ्टी रणनीतिअनुसार नेपालमा 'एसएमएस' परिपालनाको न्यूनतम दर ६० प्रतिशत कायम गर्ने निर्णय गरेको उनले बताए।

प्राधिकरणले ६० देखि ७५ प्रतिशत परिपालना दर भएका एयरलाइन्समाथि पनि कडाइ गर्ने भएको छ। 

यस्तो दर भएका एयरलाइन्सलाई उडान विस्तारको अनुमति नदिने, स्वीकृत उडानको ५० प्रतिशतभन्दा बढी अनुमति नदिने, नयाँ जहाज खरिदको अनुमति नदिने जस्ता निर्णय प्राधिकरणले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते