८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई हेलिकप्टर कम्पनीको एओसी निलम्बन गर्दै उड्डयन प्राधिकरण

२५ श्रावण २०८१, शुक्रबार ०९:४८

साउन २५, काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले दुई वटा हेलिकप्टर कम्पनीको अनमुतिपत्र (एओसी)निलम्बन गर्ने तयारी गरेको छ।  

सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर(सेफ्टी म्यानेजमेन्ट सिस्टम) अति नै न्यून भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउँदै एओसी निलम्बनको तयारी गरेको हो।

हाल प्राधिकरणले सबै वायुसेवा कम्पनीको सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर कार्यान्वयनकाे अवस्थाकाे विषयमा अडिट गरिरहेकाे सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनकाअनुसार प्राधिकरणले तोकेकोभन्दा कम दर हुनेलाई उडानमै प्रतिबन्ध लगाउने निर्णय समेत गरिएको थियो। 

प्राधिकरणले गत मंगलबार वायुसेवा कम्पनीहरूको सेफ्टी म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ६० प्रतिशतभन्दा कम देखिएमा सम्बन्धित एयरलाइन्सको उडानमा रोक लगाउने निर्णय गरेको थियो।

सोही निर्णय बमोजिम दुई हेलिकप्टर कम्पनीको अडिट ६० प्रतिशतभन्दा कम देखिएकाले तत्कालका लागि उडानमा रोक लगाउँदै स्पष्टीकरण मागेको छ।

'एसएमएस अडिटमा देखिएको कमजोरीलाई कसरी हटाउन सकिन्छ भनेर प्राधिकरणले दुबै हेलिकप्टर कम्पनीलाई ७२ घन्टाभित्र सफाइ पेस गर्न पत्र पठाएका छौं,' उनले भने, 'यो समयमा एक्सन प्लान बुझाएन भने एओसी निलम्बन हुनेछ।' 

सबै एयरलाइन्स सहितको 'हाइ लेभल सेफ्टी कोर्डिनेसन कमिटी'को सहमतिअनुसार प्राधिकरणले आइकाओको सेफ्टी रणनीतिअनुसार नेपालमा 'एसएमएस' परिपालनाको न्यूनतम दर ६० प्रतिशत कायम गर्ने निर्णय गरेको उनले बताए।

प्राधिकरणले ६० देखि ७५ प्रतिशत परिपालना दर भएका एयरलाइन्समाथि पनि कडाइ गर्ने भएको छ। 

यस्तो दर भएका एयरलाइन्सलाई उडान विस्तारको अनुमति नदिने, स्वीकृत उडानको ५० प्रतिशतभन्दा बढी अनुमति नदिने, नयाँ जहाज खरिदको अनुमति नदिने जस्ता निर्णय प्राधिकरणले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने