हरेकलाई सुखसँग बाच्ने अभिलासा पक्कै हुन्छ । देशको चरम बेथिती राजनितीले आक्रान्त भएर विदेशमा केही कमाएर सुखसँग जीवनयापन गर्ने सोचले नेपालीले परदेश रोज्छन् । दलाललाई मोटो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हरेकलाई सुखसँग बाच्ने अभिलासा पक्कै हुन्छ । देशको चरम बेथिती राजनितीले आक्रान्त भएर विदेशमा केही कमाएर सुखसँग जीवनयापन गर्ने सोचले नेपालीले परदेश रोज्छन् । दलाललाई मोटो"/>
2026-07-25 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैसामा सुत्न पाईने सपना देखाएर विदेश पठाउने दलालहरुलाई किन सम्मान नगर्ने ?

हरेकलाई सुखसँग बाच्ने अभिलासा पक्कै हुन्छ । देशको चरम बेथिती राजनितीले आक्रान्त भएर विदेशमा केही कमाएर सुखसँग जीवनयापन गर्ने सोचले नेपालीले परदेश रोज्छन् । दलाललाई मोटो रकम बुझाएर दैनिक पासपोर्ट बोकेर सुख सम्झेर परर्देशीने १२/१५ सय नेपाली मध्ये म पनि एक पात्र हुँ ।

जब अर्को देशको एयरपोर्ट झरिन्छ । अनि त्यहाँको बिकास र समृद्धीबाट नलोभिने सायदै कोहि न होलान ! 

हो म पनि त्यस्तै लोभिएको पात्र मध्ये एक हुँ । तर जब काममा भर्ना भइन्छ अनि हिजो दलालले फकाएको कुरो र काममा रत्ती तारतम्य मिल्न छाड्छ । 

मरेर घाम पानी सहेर पसिना बगाउँदै काम गर्दा नि पाएको बेतनले आफ्नो गर्जो टारेर थोरै रकम नेपाल पठाउनु सिवाय मैले केही देखिन । लाग्छ यहाँ जस्तै सरकार इमान्दार र प्रगतिशिल भैदिए सायद नेपालमा कामको कमि छैन । 

माथिल्लो तमोरबाट बिजुली निकाल्न सरकारले सक्दैन । बिदेशी नै गुहार्नु पर्या छ । त्यहाँ हामीले काम पाउनु भनेको आकाशको फल जस्तै हुन्छ । 

गण्डकी खोला दगुरीरहेको छ । त्यहाँबाट बिजुली निकाल्न सरकार सक्दैन । हामीले कुल्लीको आशा गर्न नि सकेनौं । त्यस्तै पूर्व–पश्चिम रेल गुडाउन नक्सा बनाउछ सरकार । तर कुदाउने र नागरिकलाई काम दिन कहिले सक्दैन । अब भन्नुस् मिठो सपना र पैसामै सुतेको सपना देखाउने दलाललाई हामीले किन सम्मान नगर्ने ? 

अनि उसैको कुरा मानेर बिनासीप विदेशिने र दुःख पाउने हामी र बचेको पैसो नेपाल पठाउँदा रेमिट्यान्स यो महिना कम आयो भन्ने राष्ट्र बैंक । यो कति लाज मर्नु कुरो हो ? के भोली, पर्सी पनि नेपालले यही मानव बेचेर देशको बजेट बनाउने नीति लिएको हो ? 

हैन भने किन देशले सही मार्ग लिदैन ? किन रेमिट्यान्सको आशामा देशको बजेट बनाउँछ ? यदि राज्यको सोच यहि हो भने गलत छ । किन कि मान्छेको श्रम सधैं एकै नास हुदैन । यदि त्यो श्रमिक भोलि अपाङ्ग पनि हुन सक्छ र बुढो नि हुन्छ । 

त्यसपछि देशले आशा गरेको रेमिट्यान्स पनि आउदैन ।  ती श्रमिकको लागि राज्यले के सोचेको छ ? खाली सरकार पतिबर्तन गर्दैमा समस्या समाधान होला ? 

देश बिकासका लागि सोच्न आवश्यक छ । – सुरेन्द्र परदेशी/झापा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ