२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुकुम पश्चिममा माता र भक्तबीच प्रेम ! विवाह गर्न दबाब दिएपछि माताकै हत्या

२०८१, २७ श्रावण आईतवार ११:५५

साउन २७,  सुर्खेत । रुकुम पश्चिममा प्रेम सम्बन्धमा रहेकी माताले विवाह गर्न दबाब दिएपछि भक्तले माताकै हत्या गरेका छन् ।

प्रहरीका अनुसार रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ११ माथिल्लो सकेंनाका २३ वर्षीय प्रेम मल्ल र सानीभेरी गाउँपालिका- ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्ल आफूहरुको प्रेम सम्बन्ध लुकाउन ‘भक्त’ र ‘माता’ बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले सुशीला र प्रेमबीच प्रेम रहेको र आफूहरुकाे मायाप्रेमलाई विवाहमा परिणत गर्न दबाब दिएपछि प्रेमले सुशीलाको हत्या गरेको देखिएको बताए ।

उनका अनुसार मृतक सुशीला ‘माता र प्रेम ‘भक्त’का रुपमा भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको छ ।


रुकुम पश्चिम प्रहरीले सुशीलाको हत्या आरोपमा आइतबार प्रेमलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सुशीला र प्रेमबीच डेढ वर्ष अगाडिबाट मायाप्रेम रहेको डीएसपी पोख्रेलले नेपाल प्रेसलाई जानकारी दिए ।

‘गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकाी थिइन्’, डीएसपी पोख्रेलले भने, ‘घाँटीमा सल बेरिएको अवस्थामा घाँटी, निधार र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा उनको शव भेटिएको हो ।’

उनका अनुसार साउन २१ गते सोमबार प्रेम भेटघाटका लागि सुशीलाको घरमा आएको अनुसन्धानबाट खुलेको छ । उक्त दिनको राति दुवै जना सँगै बसेको र साउन २२ गते मंगलबार रिम्ना बजार गएर घुमेको पाइएको उनले बताए ।

‘सुशीलाले प्रेमलाई आफूहरुको सम्बन्धबारे घरमा र गाउँघरका मानिसहरुले थाहा पाएकाले विवाह गर्न भनेको प्रेमले विवाह नगर्ने भनेर बताएका थिए’, डीएसपी पोख्रेलले भने, ‘यही कारणले प्रेमले विवाह अस्वीकार गरेर सुशीलाको घाँटी थिची, फलामको तावा, सिलौटो, लोरा, चम्चासमेतको घरेलु औजारले प्रहार गरी हत्या गरेको भेटिएको हो ।’

घटनापछि प्रेमले मृतक सुशीलाको मोबाइल आफ्नोको कोठामा लुकाइराखेको अवस्थामा बरामद भएको उनको भनाइ छ ।

प्रेमविरुद्ध कर्तव्य ज्यान मुद्दामा रुकुम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको डीएसपी पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट