१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सम्पन्न भयो पेरिस ओलम्पिक, कुन देशले कति पदक जिते ?

२८ श्रावण २०८१, सोमबार ०२:५७

साउन २८, काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ९१ देशले पदक जितेका छन् । गएराती सम्पन्न पेरिस ओलम्पिकपछि शरणार्थी टिमसहित २०५ देशले भाग लिएकोमा ६३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ९१ देशले पदक जितेका छन् ।

पदक तालिकामा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काश्य पदक जितेर शिर्ष स्थानमा रह्यो । त्यस्तै अमेरिकालाई पछ्याउदै चीन ४० स्वर्ण, २७ रजत र २४ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै जापानले २० स्वर्ण, १२ रजत र १३ काश्य पदकसहित तेस्रो स्थानमा रह्यो भने अस्ट्रेलिया १८ स्वर्णसहित १९ रजत र १६ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यस्तै आयोजक फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ काश्य पदक जितेर पाँचौं स्थानमा रहेको छ । 

त्यसैगरी नेदरल्याण्डसले १५ स्वर्ण ७ रजत र १२ काश्य पदकसहित छैठौं स्थानमा रहेको छ भने ग्रेट ब्रिटेन १४ स्वर्ण, २२ रजत र २९ काश्य पदकसहित सातौँ स्थानमा रहेको छ । 

त्यस्तै दक्षिण कोरियाले १३ स्वर्ण, ९ रजत र १० काश्य पदक जितेको छ भने इटालीले १२ स्वर्ण, १३ रजत र १५ काश्य पदक जितेको छ ।  त्यस्तै जर्मनीले १२ स्वर्ण, १३ रजत र ८ काश्य पदक जितेको छ भने न्यूजील्याण्डले १० स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेको छ ।  त्यसैगरी क्यानडाले ९ स्वर्ण, ७ रजत र ११ काश्य पदक जितेको छ भने उज्बेकिस्तानले ८ स्वर्ण २ रजत र ३ काश्य पदक जितेको छ । 

त्यसैगरी हंगेरीले ६ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेको छ भने स्पेनले ५ स्वर्ण ४ रजत र ९ काश्य पदक जितेको छ । त्यसैगरी स्विडेन, केन्या, नर्वे र आयरल्याण्डले ४-४ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, इरान, युक्रेन, रोमानिया, जर्जिया, बेल्जियम, सर्बिया र चेक रिपब्लिकले ३-३ स्वर्ण पदक जितेका छन् ।

त्यस्तै डेनमार्क, अजरबैजान, क्रोसिया, क्युबा, बहारान, स्लोभेनिया, चाइनिज ताइपेइ, अस्ट्रिया, हङकङ, फिलिपिन्स, अल्जेरिया, इन्डोनेसियाले २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी इजरायल, पोल्याण्ड, काजकिस्तान, जमैका, दक्षिण अफ्रीका, थाइल्याण्ड, इथोपिया, स्वीजरल्याण्ड, इक्वेडर, पोर्चुगल, ग्रीस, अर्जेन्टिना, इजिप्ट, ट्युनिसिया, बोट्सवाना, चिली, सेन्ट लुसिया, युगाण्डा, ग्वाटेमाला, मोरक्को, डोमीनिका, पाकिस्तानले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी टर्की, मेक्सिको, अर्मेनिया, कोल्मबिया, काजकिस्तान, उत्तर कोरिया, लिथुआनिया, कोसोभो, साइप्रस, फिजी, जोर्डन, मंगोलिया, पानामा, ताजकिस्तान, अल्बानिया, ग्रेनाडा, मलेसिया, पुरेटो रिको, काबो भेर्डो, रिफ्युजी ओलम्पिक टिम, पेरु, कतार, सिंगापुर, स्लोभाकिया र जाम्बियाले पेरिस ओलम्पिकमा पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल