2026-07-06 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सहकारी छानबिन विशेष समितिले दिपेश पुनसँग सोधपुछ गर्दै, यसपछि रवि लामिछानेको पालो

साउन ३२, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका दिपेशकुमार पुनसँग सोधपुछ गर्ने भएको छ ।

माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका महासचिव समेत रहेका दिपेश पुन बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिव हुन् ।

पुनसँग सहकारी छानबिन विशेष समितिले आज सोधपुछ गर्न लागेको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।


पुन उक्त सहकारी ठगी प्रकरणमा जोडिएका छन् । उक्त सहकारीमा पुनका साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समते जोडिएका छन् । उक्त सहकारीमा गोरखा मिडिया नेटवर्कका व्यवसायीक साझेदार गितेन्द्र बाबु (बिजी) राई पूर्व अध्यक्ष हुन् । राई, लामिछाने लगायतले सहकारीको पैसा अपचलन गरेका छन् ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीमा १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा जोडिएका हुन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए । उनलाई प्रहरीले २०८० साल चैत २ गते काठमाडौंबाट पक्राउ गरि बुटवल लगिएको थियो । उनी अहिले भने अदालतबाट धरौटीमा छुटेका छन् । उनी वैशाख १४ गते ४ लाख धरौटी बुझाएर छुटेका थिए ।

समिलते उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङलाई भैरहवा कारागारबाट ल्याएर बिहीबार सोधपुछ गरेको छ । यस्तै समितिले बिहीबार नै उक्त सहकारीको प्रधान कार्यालयमा क्यासियर पदमा कार्यरत रोशनी गुरूङलाई पनि समितिको बैठकमा ल्याई सोधपुछ गरेको छ । उनी २०८० बैशाखमा २ लाख धरोटमा रूपन्देही जिल्ला अदालतको आदेशमा छुटेकी छिन् ।

समितिले केही दिनमा रास्वपाका सभापति लामिछानेसँग पनि बयान लिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने