कमल रावल, कात्तिक १६, अछाम । अछामको कमलबजार नगरपालीका वडा नम्बर ३ बजगाउँमा श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री जाल्पा देवि र मष्टावण्डाली देवताक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल, कात्तिक १६, अछाम । अछामको कमलबजार नगरपालीका वडा नम्बर ३ बजगाउँमा श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री जाल्पा देवि र मष्टावण्डाली देवताक"/>
2026-10-14 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बजगाउँमा श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञ हुने

कमल रावल, कात्तिक १६, अछाम । अछामको कमलबजार नगरपालीका वडा नम्बर ३ बजगाउँमा श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री जाल्पा देवि र मष्टावण्डाली देवताको पवित्र भुमिलाई आध्यात्मिक धार्मिक, साँस्कृतिक एँव पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ कात्तिक २५ गतेबाट महयाज्ञ हुन लागेको हो । माण्डव्य बजगाई प्रतिष्ठान, नेपाल काठमाण्डौँ अनामनगर तथा बजगाउँ भागवत महायज्ञ मुल व्यवस्थापन समिती, अछाम बजगाईहरुको उत्पती स्थलको आयोजनामा महायज्ञ गर्न लागिएको हो ।

गुरु श्री बाल योगीश शुसिल शास्त्री शोभाखर ज्युको मुखार विन्दुवाट वाचन हुने महायज्ञको उदघाटन कात्तिक १९ गते नेपाली काग्रेसका महामन्त्री डाक्टर शसाँक कोईरालाले गर्ने बताईएको छ । उदघाटन कार्यक्रममा विशिष्ट अथीतीमा नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली, माओवादि केन्द्रका पोलीव्युरो सदस्य लेखराज भटट, नेपाली काग्रेसका केन्द्रिय सदस्य एंव सँसद चन्द्र भण्डारी र पुर्व प्रधानसेनापती रुपमाग कटुवाल लगाएतका अथिती रहने भएका छन ।

जाल्पादेवि मन्दिर परिसर एँव बजगाउँलाई धामको रुपमा विकास गर्ने, धामक्षेत्रलाई आध्यामिक, धार्मिक, साँस्कृतिक एँव पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने,  गुरुकुलमा आधारित वेद वेदागँ अध्ययन समेत गर्ने सार्वजनिक विद्यालय स्थापना गर्ने महायज्ञले उद्देश्य लिएको आयोजकले जनाएको छ । महायज्ञमा भौतिक, आर्थिक, अन्नदान गर्ने लगाएतका व्यक्तिलाई विभिन्न मान सम्मानबाट सम्मान गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश