६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

“रविको क्लवले मेरो प्रतिवेदनको अपनत्व नलिने निर्णय गरे पनि प्रस्तावित कार्यक्रमहरु गर्दै छ”

७ भाद्र २०८१, शुक्रबार ०५:४७

भदौ ७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुरक महामन्त्री डा. मुकुल ढकालले आफुले पार्टीमा पेश गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेका छन् ।

ढकालले आफुले प्रतिवेदनमा आत्मनिर्भर नेपाल अभियान चलाउने उल्लेख गरेको बताउदै रवि लामिछाने क्लवले प्रतिवेदनको अपनत्व नलिने निर्णय गरे पनि आफुले प्रस्ताव गरेको आत्मनिर्भर नेपाल अभियान शुरु गरेको बताएका हुन् ।

ढकालले पार्टी एलिटको कब्जामा गएको बताएको थिए भन्दै एलिटहरूले आम जनताको अनुभव लिन सार्वजनिक यातायात चढेको व्यंग्य गरेका छन् । 

उनले भनेका छन्- ' अब ठ्याक्कै के कसरी गर्ने भन्ने त थाहा छैन, तर जति पढे, त्यो बुझे , टाइपले यी प्रयास गर्दै छन्  । प्रतिवेदनलाई गलत पनि भन्नु छ । आफूले एक्स्ट्रा आइडिया केहि निकाल्न नि सक्दैनन् । त्यहि प्रतिवेदन घुमाइफेराई कार्यान्वयनको प्रयास पनि गर्नु छ । त्यहि प्रतिवेदन लेख्ने महामन्त्रीलाई कारवाहिको प्रयास पनि गर्नु छ । उहाँहरूलाई पनि गाह्रो छ । टिभिमा हेरेर घरमा नै खाना बनाउनुसम्म ठिकै हो, क्लव त पूरै रेस्टुरेन्ट खोल्न लाग्यो ।'

यसअघि रास्वपाले ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताबाट हटाएपनि अब साधारण सदस्यबाट समेत हटाउने तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति