भदौ ८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रदेशस्तरीय परामर्श बैठक आज पनि जारी रहेको छ। उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको माओवादी केन्द्रले जनाएको छ।
शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले आआफ्ना विचार व्यक्त गरिरहेका छन् ।
प्रदेशस्तरीय परामर्श बैठक आज सम्पन्न हुनेछ ।