२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इटहरीमा एक ब्यापारीमाथी साङ्घातिक आक्रमण र लुटपाट

१७ कार्तिक २०७३, बुधबार १२:३७

कार्तिक १७, इटहरी । इटहरी उपमहानगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको दाहाल कोल्ड सेन्टरका सञ्चालक ६५ वर्षीय केदार दाहाललाई पसलभित्रै साङ्घातिक आक्रमण गरी अढाई लाख रुपैयाँ लुटपाट गरेको घटना आज सार्वजनिक भएको छ । 

प्रहरीले घटना भएको पसल खोलेर मुचुल्कासमेत गरेको छ । कात्तिक १५ गते राति ९ः३० बजेतिर दाहालको टाउको र अनुहारमा इँटाले हिर्काएर कोल्ड सेन्टरभित्रै लडाई बाकसमा भएको अढाई लाखभन्दा बढी नगद लुटेर सटर बन्द गरी आक्रमणकारी फरार भएको घटनाको आज अनुसन्धान थालिएको हो । 

घाइते दाहालको भने विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इप्रका इटहरीले जानकारी दिएको छ । घटनास्थलमा फेला परेको मोबाइलका आधारमा एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा लिइसकेको र अरु अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभएको छ । 

उपचाररत दाहालको आँखा र गिजामा जोखिमपूर्ण चोट रहेको तथा उनी अझै अर्धचेत अवस्थामा रहेकाले आक्रमणकारी यकिन गर्न कठिनाइ भइरहेको उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेस विष्टले बताउनुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य