६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमेरिका छिर्न भन्दै दलालको उक्साहटमा ब्राजिल पुगेका ६० भन्दा बढी नेपाली अलपत्र

११ भाद्र २०८१, मंगलवार ०९:४६

भदौ ११, काठमाडौँ । अमेरिका छिर्न भन्दै दलालको उक्साहटमा ब्राजिल पुगेका ६० भन्दा बढी नेपाली अलपत्र परेका छन । तेस्रो मुलुकलाई ट्रान्जिट बनाएर विनाभिसा त्यहाँ पुगेका नेपालीहरुलाई ब्राजिलमा प्रवेश गर्न नदिइएपछि साओ पाउलो विमानस्थलमा ६० भन्दा बढी नेपाली अलपत्र परेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार एकसाता अगाडि कम्तीमा ५० जना नेपाली विनाभिसा ब्राजिल प्रवेश गर्न खोज्दा रोकिएको जानकारी प्राप्त भएको र अहिले उक्त संख्या ६० नाघेको छ । नेपाली राजदूत निर्मलराज काफ्लेका अनुसार नेपालीहरुले टर्की, दुबई र दोहाबाट ब्राजिललाई ट्रान्जिट बनाएर तेश्रो मुलुकको टिकट काट्ने तर ब्राजिल आइसकेपछि त्यही शरण माग्ने तथा बाहिर निस्केर दलालमार्फत विनाभिसा अमेरिका वा क्यानडातिर लाग्ने गरेका छन ।


पहिलेदेखि नै यो क्रम रहेको र अहिले संख्या अझ बढेको नेपाली दूतावासले जानकारी दिएको छ । अहिले ब्राजिलको साओ पाउलो विमानस्थलमा रोकिएका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले नै हेरचाह गरिरहेको छ । विमानस्थलमा रोकिएका कसैले पनि दूतावासमा सम्पर्क नगरेको तर दूतावासले यसबारे ब्राजिलका विभिन्न निकायबाट जानकारी प्राप्त गरिरहेको राजदूत काफ्लेले बताउनु भयो । ब्राजिलमा रोकिएका नेपालीहरु फरकफरक समयमा फरकफरक एयरलाएइन्समार्फत आएका हुन ।

उनीहरुमध्ये अधिकांश टर्की, दुबईबाट, दोहाबाट टर्किस, इमिरेट्स र कतार एयरलाइन्समार्फत ब्राजिल पुगेको जनाइएको छ । अहिले ६ सय जनाभन्दा बढी विना भिसा पुगेका आप्रवासीहरु ग्वारुल्होस एयरपोर्टमा ब्राजिल प्रवेश गर्न पर्खिरहेको जनाइएको छ । ब्राजिलको सरकारले सोमबारदेखि अमेरिका र क्यानडा पुग्नको लागि ब्राजिल प्रयोग गर्ने आप्रवासीहरुको प्रवाहलाई रोक्न नियमहरू कडा बनाएकाले उनीहरुको अवस्था के हुने भन्ने निश्चित भइसकेको छैन ।

सोमबारदेखि ब्राजिलले भिसा नभएका अर्को देश जाने विदेशी यात्रीहरू सीधा आफ्नो गन्तव्यमा जानुपर्ने वा आफ्नो देश फर्कनु पर्ने नियम बनाइएको छ । एसियाबाट उत्तर अमेरिका जाने यात्रुहरु ब्राजिलमा ट्रान्जिट पारेर बाहिर निस्कने र अमेरिका तथा क्यानडातिर लाग्ने समस्याका कारण यो नियम ल्याइएको हो ।ट्रान्जिटमा पुगेपछि ब्राजिलमा प्रवेश गर्न उनीहरुले शरण माग्ने गरेका छन । उनीहरूले आफ्नो देशमा धम्की र सतावट भएको बताउदै शरण माग्नेहरु त्यहाँबाट अमेरिकातिर प्रवेश गर्छन । अब भिसा बिना साओ पाउलो आउने यात्रुहरूलाई ब्राजिलमा बस्न अनुमति नदिइने जानकारी दिइसकिएको छ ।

ब्राजिल आइपुगेका पुगेका नेपालीहरु दलाललाई मोटो रकम बुझाएर उक्त बाटो हुँदै विनाभिसा अमेरिका छिर्न खोज्नेहरु हुन । समस्या जटिल बन्न थालेपछि नेपाली राजदूत काफ्लेले ब्राजिलको भिसा नलिई ब्राजिललाई ट्रान्जिट बनाएर बाहिर निस्कने उद्देश्यले नआउन नेपालीलाई आग्रहसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने