२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमेरिका छिर्न भन्दै दलालको उक्साहटमा ब्राजिल पुगेका ६० भन्दा बढी नेपाली अलपत्र

२०८१, ११ भाद्र मंगलवार ०९:४६

भदौ ११, काठमाडौँ । अमेरिका छिर्न भन्दै दलालको उक्साहटमा ब्राजिल पुगेका ६० भन्दा बढी नेपाली अलपत्र परेका छन । तेस्रो मुलुकलाई ट्रान्जिट बनाएर विनाभिसा त्यहाँ पुगेका नेपालीहरुलाई ब्राजिलमा प्रवेश गर्न नदिइएपछि साओ पाउलो विमानस्थलमा ६० भन्दा बढी नेपाली अलपत्र परेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार एकसाता अगाडि कम्तीमा ५० जना नेपाली विनाभिसा ब्राजिल प्रवेश गर्न खोज्दा रोकिएको जानकारी प्राप्त भएको र अहिले उक्त संख्या ६० नाघेको छ । नेपाली राजदूत निर्मलराज काफ्लेका अनुसार नेपालीहरुले टर्की, दुबई र दोहाबाट ब्राजिललाई ट्रान्जिट बनाएर तेश्रो मुलुकको टिकट काट्ने तर ब्राजिल आइसकेपछि त्यही शरण माग्ने तथा बाहिर निस्केर दलालमार्फत विनाभिसा अमेरिका वा क्यानडातिर लाग्ने गरेका छन ।


पहिलेदेखि नै यो क्रम रहेको र अहिले संख्या अझ बढेको नेपाली दूतावासले जानकारी दिएको छ । अहिले ब्राजिलको साओ पाउलो विमानस्थलमा रोकिएका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले नै हेरचाह गरिरहेको छ । विमानस्थलमा रोकिएका कसैले पनि दूतावासमा सम्पर्क नगरेको तर दूतावासले यसबारे ब्राजिलका विभिन्न निकायबाट जानकारी प्राप्त गरिरहेको राजदूत काफ्लेले बताउनु भयो । ब्राजिलमा रोकिएका नेपालीहरु फरकफरक समयमा फरकफरक एयरलाएइन्समार्फत आएका हुन ।

उनीहरुमध्ये अधिकांश टर्की, दुबईबाट, दोहाबाट टर्किस, इमिरेट्स र कतार एयरलाइन्समार्फत ब्राजिल पुगेको जनाइएको छ । अहिले ६ सय जनाभन्दा बढी विना भिसा पुगेका आप्रवासीहरु ग्वारुल्होस एयरपोर्टमा ब्राजिल प्रवेश गर्न पर्खिरहेको जनाइएको छ । ब्राजिलको सरकारले सोमबारदेखि अमेरिका र क्यानडा पुग्नको लागि ब्राजिल प्रयोग गर्ने आप्रवासीहरुको प्रवाहलाई रोक्न नियमहरू कडा बनाएकाले उनीहरुको अवस्था के हुने भन्ने निश्चित भइसकेको छैन ।

सोमबारदेखि ब्राजिलले भिसा नभएका अर्को देश जाने विदेशी यात्रीहरू सीधा आफ्नो गन्तव्यमा जानुपर्ने वा आफ्नो देश फर्कनु पर्ने नियम बनाइएको छ । एसियाबाट उत्तर अमेरिका जाने यात्रुहरु ब्राजिलमा ट्रान्जिट पारेर बाहिर निस्कने र अमेरिका तथा क्यानडातिर लाग्ने समस्याका कारण यो नियम ल्याइएको हो ।ट्रान्जिटमा पुगेपछि ब्राजिलमा प्रवेश गर्न उनीहरुले शरण माग्ने गरेका छन । उनीहरूले आफ्नो देशमा धम्की र सतावट भएको बताउदै शरण माग्नेहरु त्यहाँबाट अमेरिकातिर प्रवेश गर्छन । अब भिसा बिना साओ पाउलो आउने यात्रुहरूलाई ब्राजिलमा बस्न अनुमति नदिइने जानकारी दिइसकिएको छ ।

ब्राजिल आइपुगेका पुगेका नेपालीहरु दलाललाई मोटो रकम बुझाएर उक्त बाटो हुँदै विनाभिसा अमेरिका छिर्न खोज्नेहरु हुन । समस्या जटिल बन्न थालेपछि नेपाली राजदूत काफ्लेले ब्राजिलको भिसा नलिई ब्राजिललाई ट्रान्जिट बनाएर बाहिर निस्कने उद्देश्यले नआउन नेपालीलाई आग्रहसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस