भदौ १२, काठमाडौं । नेपाल र बंगलादेशबीच जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा बंगालदेशले नेपाल विरुद्ध तेस्रो गोल गरेको छ।
पहिलो हाफको अन्तिम समयमा बंगलादेशले फ्रि किकमार्फत् गोल गर्दै ३–० को अग्रता बनाएको हो।
एन्फा कम्प्लेक्समा जारी खेलमा धेरै प्रयासहरु गरे पनि पहिलो हाफमा नेपालले गोल गर्न सकेन।
यसअघि समूह चरणमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो। सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।