2026-06-20 05:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा सामुदायिक भवन निर्माणका लागि देउसीभैलोबाट नौ लाख सङ्कलन

कात्तिक १८, म्याग्दी । सामुदायिक भवनलाई सहयोग जुटाउन मराङ–३ कल्लेनीका बासिन्दाले सञ्चालन गरेको देउसीभैलोबाट रु नौ लाख २२ हजार ११७ सङ्कलन भएको छ । 

गाउँमा निर्माण हुन लागेको सामुदायिक भवनमा आर्थिक अभाव भएपछि काठमाडौँ र पोखरामा सञ्चालन गरिएको देउसीभैलोमा उक्त रकम सङ्कलन भएको हो । 

तीन दिनसम्म काठमाडौँका विभिन्न स्थानमा खेलिएको देउसीबाट रु छ लाख ६३ हजार २६२ र पोखराबाट रु दुई लाख ५८ हजार ८५५ सङ्कलन भएको वडा नागरिक मञ्चका संयोजक एवम् पञ्चेबाजा संरक्षक खगिन पुनले बताउनुभयो । 

मराङबाट विदेशमा गएका युवाले आर्थिक सहयोग गरे पनि गाउँमा हुने सभासम्मेलन, गोष्ठीसहित पूजाआजा, विवाहसहित व्यक्तिगत कार्यक्रमलाई समेत सहजै सञ्चालन गर्न मिल्ने गरी सामुदायिक भवनमा रकम अभाव भएपछि देउसीभैलो खेलिएको देउसीभैलो कार्यक्रमका संयोजक योगेन्द्र घर्तीले बताउनुभयो । 

भैलो कार्यक्रममा काठमाडौँमा एन्जल हट उच्च मावि, बासुकीनाक टोल सुधार समिति, उपकार आमा समूहले साम्ूहिक आर्थिक सहयोग गरेका थिए । नौमती बाजासहित भैलो खेल्न गएका मराङवासीलाई काठमाडाँै र पोखरामा रहेका म्याग्देलीसहित विभिन्न जिल्लाबाट आएकाले समेत सहयोग गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ