८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फेसबुकले हटायो एमाले सांसद शर्माबारे बालेनको स्टाटस, किन?

१८ भाद्र २०८१, मंगलवार ०६:५६

भदौ १८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई दिन अघि फेसबुकमा लेखेको स्टाटस फेसबुकले हटाएको छ। उक्त स्टाटसमा उनले नेकपा एमालेकी सांसद रेखा शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको विषयमा किन कारबाही नगरेको भन्ने प्रश्न उठाएका थिए।

ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले आपत्ति जनाएका थिए। 


मेयर बालेनले स्टाटसमा सरकारको गैरजिम्मेवारीबारे आपत्ति जनाएका थिए, जसमा उनले महानगरपालिकाले २ महिनादेखि कारबाहीको आग्रह गरेको तर सरकारले कुनै कारबाही नगरेको कुरा उल्लेख गरेका थिए।

निकै चर्चामा रहेको यस विषयमा मेयर बालेनले लेखेको स्टाटस अहिले उनको वालमा देखिँदैन। मेयर शाहको सचिवालयका अनुसार, उक्त स्टाटस आफूहरूले नभइ फेसबुकले नै हटाएको हो र यसमा मेयर बालेनको कुनै संलग्नता छैन। प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले फेसबुकले स्टाटस धेरै रिपोर्टको आधारमा हटाएको बताएका छन्, र स्टाटस पुनः प्राप्त गर्न प्रयास भइरहेको जानकारी दिएका छन्।

मेयर बालेनको उक्त स्टाटसपछि एमालेको भातृ संगठन अनेरास्ववियूका अध्यक्ष समिक बडालले मेयर बालेनलाई खफिया एजेन्सीको निर्देशनमा जनताको आँखामा छारो हाल्ने आरोप लगाएका थिए। बडालको आरोपपछि मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफ्नो कार्यकर्तालाई सामान्य ज्ञानका आधारमा मात्र राजनीतिमा उतार्न आग्रह गरेका थिए।

मेयर बालेनले सर्वोच्च र उच्च अदालतको आदेशबारे लामो स्टाटस लेखेर थप प्रष्टिकरण दिएका थिए भने अनेरास्ववियू अध्यक्ष बडालले भिडिओ ब्रिफिङ गरेर मेयर बालेनको काममा गल्ती भएको बताएका थिए।

यस्तो थियो बालेनको स्टाटस:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा