भदौ १८, काठमाडौं | श्रीलंका डेभ्लपमेन्ट टोली र नेपालको राष्ट्रिय क्रिकेट टोलीबीचको पहिलो एकदिवसीय अभ्यास खेल वर्षाका कारण प्रभावित भएको छ ।
वर्षाका कारण सवा १० बजे सुरु हुनुपर्ने खेल प्रभावित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । खेलबारे थप जानकारी भने आउन बाँकी छ ।
आइसीसी लिग–२ को तयारी स्वरुप नेपाली टोली श्रीलंका भ्रमणमा छ । नेपालले पहिलो खेल आज सेप्टेम्बर ३ मा, दोस्रो खेल सेप्टेम्बर ४ मा र तेस्रो खेल सेप्टेम्बर ६ मा खेल्ने भएको छ ।
श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।