२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेका संगठित सदस्यले मात्रै फलो गर्दा ओलीको फलोअर्स दोब्बर हुन्छ : रामकुमारी झाँक्री

२०८१, १९ भाद्र बुधबार १०:५०

भदौ १९, काठमाडौं | प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमा चलिरहेको ‘अनफलो’ अभियानबारे एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले टिप्पणी गरेकी छिन्। उनले पार्टीका संगठित सदस्यहरूले मात्रै फलो गर्दा पनि अध्यक्ष ओलीको फलोअर संख्या दोब्बर हुने बताएकी छन्। 

‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ,’ उनले एक्समा लेखेकी छिन्, ‘सन्दर्भः अनफलोअर्स अभियान।’

मंगलबार साँझदेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समर्थकहरूले ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन्। 

मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स भएकोमा अहिले त्यो संख्या घटेर ५ लाख ९१ हजारमा झरेको छ।

उक्त विषयमा टिप्पणी गर्दै झाँक्रीले एक्समै अर्को टिप्पणी पनि लेखेकी छन्। 

‘नेकपा (एकीकृत समाजवादी)का ताजा एक लाख ३२ हजार संगठित सदस्य छन्, खै त हामीलाई पनि सबैले फलो गरेका छैनन्,’ उनले भनेकी छन्।

मंगलबार मेयर बालेनको एउटा स्टाटसलाई फेसबुकले हटाइदिएपछि बालेनका समर्थकले ओलीलाई अनफलो अनियान चलाएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य