कात्तिक १९, काठमाडौँ | दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएका नेपालीलाई पुनः कोरिया जाने मौका दिन लिइने कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको पन्ध्रौ संस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, काठमाडौँ | दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएका नेपालीलाई पुनः कोरिया जाने मौका दिन लिइने कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको पन्ध्रौ संस"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया जानको लागि सिविटी भाषा परिक्षा मसिंरमा, यही २२ गतेदेखि आवेदन खुला

१९ कार्तिक २०७३, शुक्रबार ०७:४५

कात्तिक १९, काठमाडौँ | दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएका नेपालीलाई पुनः कोरिया जाने मौका दिन लिइने कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको पन्ध्रौ संस्करण मसिंर महिनामा हुने भएको छ । 

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले कार्तिक २२ गते देखि २४ गतेसम्म परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ ।  आवेदन दिएकाहरुले परिक्षा तालिका भने कार्तिक ३० गते थाहा पाउने भएका छन् । बिभागले लगत्तै मसिंर ६ गते देखि परिक्षा लिने जनाएको छ । त्यस्तै उक्त परिक्षाको परिक्षाफल भने पुष १ गते सार्वजनिक गरिनेछ ।

कोरियाबाट तीन बर्ष भन्दा बढी काम गरि फर्केका र ३९ बर्ष नकटेका व्यक्तिहरुले सिबिटी परिक्षामा फारम भर्न सक्नेछन् । त्यस्तै कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरुले सिविटीका लागि फारम भर्न सक्ने प्रावधान छ । 

मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा  उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ । सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि बिशेष प्राथमिकता दिने गरिएको ईपिएस कार्यालयले जनाउंदै आएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो