आजभोली गीतहरु प्राय मानिसहरुले सुन्न छाडिसकेको अवस्था रहेका छ । यसै सन्दर्भमा बर्दिया जिल्लामा पनि गीतसङ्गीत तथा मोडलिङको क्षेत्रमा पनि विभिन्न नवप्रतिभाहरुको उदय भैरहेको अवस्था छ । यसैबीच लामो समयसम्म निजी क्षेत्रमा रहेर शिक्षा सेवा तथा समाज सेवामा समर्पित दीपक लम्स"/>
आजभोली गीतहरु प्राय मानिसहरुले सुन्न छाडिसकेको अवस्था रहेका छ । यसै सन्दर्भमा बर्दिया जिल्लामा पनि गीतसङ्गीत तथा मोडलिङको क्षेत्रमा पनि विभिन्न नवप्रतिभाहरुको उदय भैरहेको अवस्था छ । यसैबीच लामो समयसम्म निजी क्षेत्रमा रहेर शिक्षा सेवा तथा समाज सेवामा समर्पित दीपक लम्साल पछिल्लो समयमा मोडलिङ क्षेत्रमा समेत देखा परेका छन् । उनैसँग गरिएको कुराकानीलाई आजको मोडलिङ संसारमा प्रस्तुत गर्ने जमर्को गरेका छौँ । प्रस्तुत छ हाम्रा बर्दिया सम्पादक प्रभात सुवेदीले उनीसँग गरेको कुराकानी ।
आजभोली के मा व्यस्त हुनुहुन्छ ?
– खासगरी विद्यालय सञ्चालन र व्यवस्थापनको कार्यमा नै व्यस्त रहेको छु । यसका अलावा साथीहरुको अनुरोध र मेरो रुचीका कारण कहिलेकाहीँ समय मिलाइएर मोडलिङमा पनि समय दिने गरेको छु ।
अनि समय कसरी व्यवस्थापन गर्नुहुन्छ त ?
– सबैभन्दा ठूलो कुरा भनेको इच्छा शक्ति नै रहेछ । यदि मनदेखि नै कुनै पनि काममा ईच्छा छ भने समय त जसरी पनि मिलाउन सकिने रहेछ ।
मोडलिङको क्षेत्रमा आउने जाँगर कसरी पलायो ?
– साथीभाइहरुको अनुरोध र प्रोत्साहनले नै मलाइ हौस्याएको हो । खासगरी विद्यालयमा पढ्दा देखि गायन विधामा मेरो रुची थियो । म राम्रो गीत गाउँथे तर अहिले अभ्यास नभएर पनि होला स्वर राम्रो छैन तर मोडलिङमा नै आफ्नो परिचय स्थापित गर्ने लक्ष्य भने यथावत रहेको छ ।
खासगरी कस्ता प्रकारका गीतहरुमा मोडलिङ गर्नुभएको छ र आजसम्म कति गीतमा मोडलिङ गर्नुभया ?
– खासगरी मलाई मानव संवेदना बोकेका गीतहरुमा नै अभिनय गर्न मन लाग्छ तर पछिल्लो समयमा आम दर्शकहरुको रुची र बजार हेरेर पनि यसमा लाग्नु पर्ने भएकोले रोमान्टिक खालका गीतहरमा पनि अभिनय गर्ने गरेको छु । आजसम्म बजारमा सबै नआएता पनि प्रमोद खरेलको गीतमा अभिनय गरेको छु । अहिले नै सख्या यति भन्दा पनि यसको गुणस्तरीयता र मेरो अभिनयमा निखार ल्याउनेतर्फ ध्यान दिएको छु ।
मोडलिङ र शिक्षा क्षेत्रमा एउटा रोज्नु प¥यो भने कुन क्षेत्रलाई रोज्नुहुन्छ ?
– हा हा हा (हाँस्दै), यसरी रोज्नै परेमा त म त शिक्षा नै रोज्छु नि किनकी यो त मेरो पेशा हो मोडलिङ त शोखको विषय मात्रै हो । यसमा व्यवसायिकता भन्दा पनि मेरो सानैदेखिको शोख पूरा गर्न लागेको हुँ ।
अन्तमा, आफ्ना दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ?
– मोडलिङ क्षेत्रमा थुप्रै चुनौतीहरु छन् तसर्थ यस क्षेत्रमा आउन चाहनेहरुलाई विशेष तयारीका साथ आउन अनुरोध गर्छु र मेरा दर्शकहरुलाई अब केही दिनमा नै आउन लागेको पारु शाही र राजेन्द्रं बजागाईंको स्वरमा रहेको मेरो नयाँ म्युजिक भिडियो “छोक्री” पनि हेरेर सल्लाह सुझाब दिनुहोला भन्न चाहन्छु ।