पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २०, झापा | आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म चौथो संस्करणको सुरुङ्गा गोल्डकप हुने भएको छ । झापाको कन्काई माध्यमिक विद्यालयको मैदानमा हुने उक्त खेल सुरुङ्गा जेसीसको आयोजनामा हुनेछ ।

उक्त प्रतियोगितामा सुरुङ्गा जेसीसको आफ्नै आयोजक टिम सहित नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ सहित ८ वटा ए डिभिजनका टिमले सहभागीता जनाउनेछ । यस प्रतियोगिताका विजेताले नगद ३ लाख ५१ हजार र उपविजेताले २ लाख ५१ हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् । आयोजकका अनुसार उक्त खेल हेर्नको लागि भारतीय सिमावर्ति क्षेत्रमा फुटबल पारखीहरु समेत आउनेछन् ।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणको खेलमा निम्न समुहहरु बीच प्रतिष्पर्धा हुनेछ:

क्र.श.

खेल हुने मिति

प्रतिष्पर्धामा भिड्ने समुह

१.

मङ्सिर ४ गते

आयोजक VS नेपाल पुलिस क्लव

२.

मङ्सिर ५ गते

रुपन्देही ११ VS नेपाल आर्मी

३.

मङ्सिर ६ गते

मझापा ११ VS एपिएफ क्लब,काठमाडौं

४.

मङ्सिर ७ गते

संकटा, काठमाडौं VS मनाङ्ग मस्र्याङ्गदी