2026-06-26 12:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएल : सुदूरपश्चिमको नाम र लोगो सार्वजनिक, खेलाडी अक्सन दशैं अगाडि नै गर्ने योजना

असोज १४,  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ। एनपीएलमा यस टोलीको नाम सुदूरपश्चिम रोयल्स राखिएको छ। सुदूरपश्चिम फ्रेन्चाइजको स्वामित्व एम्पायर स्पोर्ट्स म्यानेजमेन्टले लिएको हो।

सुदूरपश्चिम रोयल्सको लोगोमा बाघको चित्र प्रयोग गरिएको छ, जसले सुदूरपश्चिम क्षेत्रको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बाघको प्रतिनिधित्व गर्नेछ। टोलीले आफ्नो स्थानबाट व्यवसायिक क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन भूमिका निर्वाह गर्ने उद्देश्य रहेको जनाएको छ।


सुदूरपश्चिम रोयल्सले आफ्नो मार्की खेलाडीको रुपमा नेपालका चर्चित अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई टिममा समावेश गरेको छ। उनलाई लक्क ड्रा प्रणालीमार्फत टोलीले किनेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित एनपीएल नोभेम्बर–डिसेम्बर महिनामा हुने अपेक्षा छ, भने खेलाडी अक्सन दशैं अगाडि गर्ने योजना छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ