2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलासद्वारी धाममा शिवलिङ्ग स्थापना

कात्तिक २१, धनगढी । कैलाली जिल्लाको पवित्र भूमि गोदावरीस्थित कैलासद्वारीधाममा शनिबार एक समारोहबीच शिवलिङ्ग स्थापना गरिएको छ । 

गोदावरीस्थित गोदावरी नदीको उद्गमस्थल मानिने कैलासद्वारीधाममा आयोजित समारोहमा ब्रह्म ऋषि १००८ स्वामी गौरीशङ्कर आचार्यले शिवलिङ्ग स्थापनाको शुभारम्भ गर्नुभयो । यसअघि बूढीतोलाबाट प्रारम्भ भएको कैलासधाम यात्रामा ठूलो संङ्ख्यामा भक्तजनको सहभागिता रहेको थियो । 

कैलासधाम यात्राको स्वामी गौरीशङ्कर आचार्य, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी मानसिं बिष्ट, नेपाली सहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशी, समाजसेवी मदनराज पाण्डेय लगायतले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो । 

कैलासद्वारीधाममा गौतम ऋषिले शिवजीको स्तुतिका लागि गरेको तपस्याको फलस्वरुप गोदावरी नदीको उत्पत्ति भएको भनाइ छ । धाम क्षेत्रमा मध्यराति देवीदेवताका बाजा बज्ने र आगोसमेत बलेको देखिने स्थानीयवासी टिएन जोशी बताउनुहुन्छ । अग्लो चुरे डाँडामा रहेको यो क्षेत्रमा सप्तऋषिको कुण्डलगायत देवीदेवताको झल्को दिने विभिन्न आकृतिका शिला एवम् ढुङ्गा रहेका छन् । 

गोदावरी क्षेत्रलाई राष्ट्रिय धार्मिकस्थलका रुपमा विकास गर्ने उद्देश्यले गत वर्ष सहस्त्र कुम्भ दर्शन मेलासमेत गरिएको थियो । गोदावरी नदीको मुहानका रुपमा रहेको कैलासद्वारी धाममा रहेका दुई नालामध्ये एक नालाबाट निस्किने दूधजस्तो जल र अर्को नालाबाट निस्किने गौमूत्रजस्तो जल मिसिएर यो गोदावरी नदी बनेको भन्ने जनविश्वास रहेको छ । सप्त गोदावरी मध्येको प्राचीन गोदावरी मानिने यो क्षेत्रमा गौतम ऋषिले तपस्या गरेको र भगवान् श्रीकृष्ण, भीष्मपितामह, पाण्डवले स्नान गरेको भन्ने जनविश्वास रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई