९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलासद्वारी धाममा शिवलिङ्ग स्थापना

२१ कार्तिक २०७३, आईतवार ०३:५७

कात्तिक २१, धनगढी । कैलाली जिल्लाको पवित्र भूमि गोदावरीस्थित कैलासद्वारीधाममा शनिबार एक समारोहबीच शिवलिङ्ग स्थापना गरिएको छ । 

गोदावरीस्थित गोदावरी नदीको उद्गमस्थल मानिने कैलासद्वारीधाममा आयोजित समारोहमा ब्रह्म ऋषि १००८ स्वामी गौरीशङ्कर आचार्यले शिवलिङ्ग स्थापनाको शुभारम्भ गर्नुभयो । यसअघि बूढीतोलाबाट प्रारम्भ भएको कैलासधाम यात्रामा ठूलो संङ्ख्यामा भक्तजनको सहभागिता रहेको थियो । 

कैलासधाम यात्राको स्वामी गौरीशङ्कर आचार्य, सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी मानसिं बिष्ट, नेपाली सहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीका अध्यक्ष पदमराज जोशी, समाजसेवी मदनराज पाण्डेय लगायतले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो । 

कैलासद्वारीधाममा गौतम ऋषिले शिवजीको स्तुतिका लागि गरेको तपस्याको फलस्वरुप गोदावरी नदीको उत्पत्ति भएको भनाइ छ । धाम क्षेत्रमा मध्यराति देवीदेवताका बाजा बज्ने र आगोसमेत बलेको देखिने स्थानीयवासी टिएन जोशी बताउनुहुन्छ । अग्लो चुरे डाँडामा रहेको यो क्षेत्रमा सप्तऋषिको कुण्डलगायत देवीदेवताको झल्को दिने विभिन्न आकृतिका शिला एवम् ढुङ्गा रहेका छन् । 

गोदावरी क्षेत्रलाई राष्ट्रिय धार्मिकस्थलका रुपमा विकास गर्ने उद्देश्यले गत वर्ष सहस्त्र कुम्भ दर्शन मेलासमेत गरिएको थियो । गोदावरी नदीको मुहानका रुपमा रहेको कैलासद्वारी धाममा रहेका दुई नालामध्ये एक नालाबाट निस्किने दूधजस्तो जल र अर्को नालाबाट निस्किने गौमूत्रजस्तो जल मिसिएर यो गोदावरी नदी बनेको भन्ने जनविश्वास रहेको छ । सप्त गोदावरी मध्येको प्राचीन गोदावरी मानिने यो क्षेत्रमा गौतम ऋषिले तपस्या गरेको र भगवान् श्रीकृष्ण, भीष्मपितामह, पाण्डवले स्नान गरेको भन्ने जनविश्वास रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो