2026-09-18 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहसचिवद्वारा रोल्पाको बजार अनुगमन

कात्तिक २४, रोल्पा । पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले कृषकको चाहना, भौगोलिक अवस्था र सरकारले निर्धारित गरेको लक्ष्यअनुसार पशुजन्य वस्तु उत्पादकत्वमा वृद्धि ल्याई कृषकलाइ आत्मनिर्भर बनाउन जिल्ला पशुसेवा कार्यालय रोल्पालाई निर्देशन दिनुभएको छ ।

मङ्गलबार लिवाङ नगरपालिकाभित्र रहेका डेरी पसल, बधस्थल र मासुपसलको निरीक्षणका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । यसैबीच, पौडेलले रोल्पा जिल्लामा अल्लोबाट बनाइएका विभिन्न किसिमका तयारी वस्तु, पनिर, खुवा, छुर्पी, राँगा तथा भैँसीको छालाबाट तयार पारिएको डोकोको अवलोकन गर्नुभएको थियो । 

यसैबीच, उहाँले पशुसेवा कार्यालयमार्फत बजारमा बिक्रीमा राखिएका तयारी वस्तुको गुणस्तरबारे पनि जानकारी लिनुभएको थियो । अनुगमनका क्रममा भूषण टे«डर्स रोल्पाका सञ्चालक टङ्कबहादुर वुढाले आफूले तयार गरेको छालाको डोको कास्की जिल्लाको पोखरा, काठमाडौँमा सञ्चालित इँटा भट्टाबाट अग्रिम माग आउने गरेको र आफूले सो डोका तयार पारी प्रतिडोको रु एक हजार सम्ममा बिक्री गर्दै आएको जानकारी दिनुभयो । मासुलगायत डोकोको कारोबार वाषर््िाक ७८ लाख सम्मको हुने गरेको र पाँचजना व्यक्तिले दैनिक रोजगार पाएको पनि उहाँले जानकारी दिनुभयो । 

यसैगरी, अनुगमनका क्रममा जंकोट गाविसका आमा समूह, कृषक पाठशाला र निक्षेपित कार्यक्रमअन्तर्गत रहेका किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका सहभागी महिला कृषकले जिल्ला पशु सेवा कार्यालयद्वारा प्रदान गरिएको सेवाको प्रशंसा गरेका थिए । उनीहरुले उक्त क्षेत्र बाख्रा, कुखुरा, माछा र बङ्गुरपालनमा अगाडि रहेको र प्रत्येक वर्ष कृषकले पशुपालन व्यवसायबाट ५० देखि ८० हजार रुपैयाँसम्म आयआर्जन गर्ने गरेको बताएका थिए । 

यसैबीच सहसचिव पौडेलसँग किसानले निःशुल्क औषधिको माग राखेका थिए । केही औषधि निःशुल्क उपलब्ध गराउने नीति रहेको र सम्बन्धित कार्यालयबाट प्रदान गर्दै आएको जानकारी उहाँले दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई