२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दलितलाई सामुदायिक वन उपभोग गर्न दिने सहमति

११ भाद्र २०७२, शुक्रबार ०३:५३

भदौ ११, पोखरा । लाहाचोक गाविसमा बसोबास गर्दै
आएका दलित समुदायलाई सामुदायिक वन उपभोग गर्न दिने र सवैले समान रुपमा वन उपभोग गर्न पाउने गरी बुधावार
सर्वपक्षीय सहमति भएको छ ।

विगत ३७ बर्षदेखि सार्वजनिक तथा
सामुदायिक वन दलितलाई उपभोग गर्नबाट वञ्चित तथा विभेद गरिएको भन्दै स्थानीय दलित समुदायले स्थानीय
प्रशासन तथा विभिन्न संघ संस्थामा अधिकारको माग गर्दै निवेदन दिएका थिए ।

अनौपचारिक क्षेत्र सेवा
केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय,पोखरामा बुधवार सम्पन्न स्थानीय दलित समुदाय, स्थानीय
गैरदलित समुदाय, इन्सेक पोखरा मानवअधिकारकर्मी, वन व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय,राष्ट्रिय
मानवअधिकार आयोग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एक्याप),मानवअधिकार पत्रकार संघ हुर्जा लगायतका
संस्थाको पहलमा बुधवार भएको सर्वपक्षीय वैठकमा स्थानीय ठूलोपाखा सामुदायिक वनमा स्थानीय २९ दलित
घरपरिवार तथा डाँडाँ भगेरी बनमा १ सय १ दलित घरपरिवारलाई निर्वाध रुपमा सवैले समान रुपमा उपभोग गर्न
पाउँने गरी सहमति भएको हो ।

लाहाचोक गाविसको–४ मा बसोबास गर्ने दलित समुदाय विगतदेखि उतm
सार्वजनिक वन जंगलको उपभोग गर्नबाट बञ्चित थिए । तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा एक्यापले
स्थानीय रुपमा बनको संरक्षणका लागि समिति गठन गरेपनि समितिमा दलित समुदायलाई सहभागी नगरी वनको उपयोग
गर्नबाट वञ्चित गरिएको थियो ।

स्थानीय वन जंगल उपभोग गर्नबाट वञ्चित दलित समुदायले न्यायका लागि
निकै ठुलो संघर्ष गरेपनि अधिकार प्राप्त गर्न सकेका थिएनन् । सरकारी निकाय तथा गैरसरकारी निकाय समेतमा
पटक पटक भेला र छलफलहरु भए तापनि समस्या समाधान हुन सकेको थिएन ।

छलफलमा डाडाभँगेरी, फलिया खर्क
र ठुलो पाखा बन, खोटेको स्वारा तथा घुम्की भुन्यापाटन लगायत क्षेत्रमा बसोबास गर्ने १ सय ३० दलित
घरपरिवार सहित सवै समुदायले समान रुपमा वन उपभोग गर्न पाउने गरी सहमति भएको वन विहीन समितिका अध्यक्ष
गंगाबहादुर सुनारले बताए । उनले लामो संघर्षपछि स्थानीयस्तरमा वन उपभोग गर्न पाउँने सहमति भएकोमा खुशी
व्यक्त गर्दै कार्यान्वनयका लागि सरोकारवाला निकायलाई आग्रह गरे । सहमति कार्यान्वयनमा बाधा वाधा
व्यवधान भएमा तत्काल कानुनी प्रक्रिया अगाडि बढाउने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत
सुरेशचन्द्र कोइरालाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान