2026-09-19 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा खानेपानी योजनाका लागि २२ करोड विनियोजन

कात्तिक २४, दाङ । जिल्लाको खानेपानी तथा सरसफाइको क्षेत्रमा आव ०७३/०७४ का लागि रु २२ करोड भन्द बढी विनियोजन भएको छ । 

अघिल्लो वर्षको तुलनामा झन्डै रु पाँच करोड बढी रु २२ करोड ४० लाख ८४ हजार विनियोजन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । 

गत वर्षको तुलनामा यस वर्ष जिल्लामा नयाँ कार्यक्रम भित्रिएसँगै बजेट रकममा समेत वृद्धि भएको हो । 

विगतका क्रमागत आयोजनासँगै जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजना निर्माण, मुहान सरक्षण, खानेपानी आयोजनाको सर्वेक्षणसँगै पूर्ण सरसफाइका कार्यक्रममा बजेट विनियोजन भएको कार्यालयका इन्जिनियर तिलक न्यौपानले जानकारी दिनुभयो । 

खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत रु १२ करोड २९ लाख ७९ हजार रहेको छ । त्यस्तै खानेपानी तथा सरसफाइ लगानी कार्यक्रममा रु पाँच करोड ५० लाख, उच्च मध्यमस्तरीय ठूला खानेपानी आयोजनामा रु दुई करोड ५० लाख, तराई मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत रु एक करोड १२ लाख ५० हजार विनियोजन गरिएको छ । 

त्यस्तै खानेपानी तथा गुणस्तर सुधार कार्यक्रममा रु ६१ लाख, वातावरणीय सरसफाइ कार्यक्रममा नेपाल सरकार र युनिसेफबाट गरी रु २२ लाख, जलवायु परिर्वतन प्रभाव न्यूनीकरण तथा उपयुक्त प्रविधि प्रवद्र्धन कार्यक्रमका लागि रु आठ लाख, खानेपानी तथा सरसफाइ सहलगानीअन्तर्गत रु चार लाख, डिपबोरिङ तथा ट्वीबेल मर्मत सुधार कार्यक्रममा रु तीन लाख, राष्ट्रिय सूचना व्यवस्थापन तथा अनुगमनका लागि रु ५५ हजार बजेट विनियोजन गरिएको लेखाअधिकृत नारायण पोख्रेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ